राष्ट्रघाती एमसीसीविरोधी पोस्टरमय बन्यो नारायणी

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै नेकपाले नारायणी ब्युरोअन्तर्गतका सबै जिल्लामा छ्यापछ्याप्ती पोस्टर टाँसेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केन्द्रीय समितिका तर्फबाट विज्ञप्ति जारी गर्दै जेठ २८ गते एमसीसीविरुद्ध देशव्यापी पोस्टर टाँस्ने कार्यक्रम सार्वजनिक गरेका थिए । यसअघि देशभर एमसीसी सम्झौताका प्रति जलाउने, पुतला जलाउने, कोणसभा तथा मशाल जुलुस निकाल्ने कार्यक्रम सम्पन्न भइसकेका छन् ।

चितवन जिल्लाको भरतपुर महानगरपालिकाका पुल्चोक, क्षेत्रपुर, दूरसञ्चार रोड, पारस बसपार्क, चौबिसकोठी, चनौलीदेखि पाँडे घुम्तीसम्म, भरतपुर महानगरपालिकाको कार्यालय प्रवेश द्वार, सबै वडा कार्यालय, सरकारी कार्यालय, क्याम्पस, कलेज, स्कुल, शिवनगर पुलिस बिट, मेघौली लाहुरेचोक, कान्छीचोक हुँदै शिवनगरसम्म, देवनगर, उजेलीनगर, गौरीगङ्गा सुकुमबासी टोललगायत स्थानहरू, कालिका नगरपालिकाकाे बजार गाउँ क्षेत्र सबै, रत्ननगरकाे मुख्य राजमार्ग, टाँडी बजार, साैराहा, कलकारखाना, माधवपुर, जयमंगला स्कूल कलेज लगायतका स्थानहरू, राप्ती नगरपालिकाको खुरखुरेदेखि भण्डारा हुँदै लोथरसम्मको मुख्य राजमार्ग, समिटारदेखि कावर हुँदै सुरखण्डीसम्म, चौकीडाँडादेखि आँपपानी हुँदै बरिनटारसम्म, धमिले परेवाकोट, ओनेबाङ, स्कुल, कलेज अमिलेपानीको प्रहरी बिट, माडी नगरपालिकाको तिरौलीचोक, पर्सा, वसन्तपुर स्कुल कलेज र खैरहनी नगरपालिकाको शान्तिचोकदेखि पर्सा बजारसम्म, मुख्य राजमार्ग, कलकारखाना, स्कुल र कलेजमा पोस्टर टाँसिएको नेकपाले जनाएको छ ।

त्यसैगरी खैरहनीको होलिल्यान्ड चोकमा पोस्टर टाँस्न गएका तीन युवाको साइकल र पोस्टर पुलिसले कब्जा गरेको छ । त्यहाँ प्रहरीले पोस्टर टाँस्न अवरोध गरेको जनाइएको छ ।

त्यसैगरी मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाका सबै स्थान, स्कुल, कलेज, कारखाना मकवानपुरकै पहाडी भूभाग, काँगडा, राङ्सीराङलगायत स्थानमा पनि पोस्टर टाँसिएको खबर प्राप्त भएको छ । पोस्टर टाँस्न पार्टी, जवस र मोर्चाका नेता–कार्यकर्ताहरू खटेको पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :