सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनुमा सरकार नै जिम्मेवार : जनस्वास्थ्यकर्मी महासङ्घ

काठकाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनु सरकारको गैरजिम्मेवारीपनको पराकाष्टा रहेको बताएको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले मङ्गलबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथाम र उपचारमा सरकारको भ्रष्टाचारजन्य कामकारबाही र जबाफदेहिताविहीन गतिविधिप्रति खेद पनि व्यक्त गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष कँडेलले भनेका छन्, ‘कोभिड १९ को रोकथाम र उपचारमा केपी सरकारको भ्रष्टाचारजन्य कामकारबाही र जबाफदेहिताविहीन गतिविधिप्रति खेद व्यक्त गर्दछौँ । सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनु गैरजिम्मेवारीपनको पराकाष्टा हो ।’

उनले अगाडि भनेका छन्, ‘न्याय हेल्थ नेपाल बयलपाटा र दाेलखा अस्पतालमा कार्यरत श्रमजीवी कर्मचारीलाई रोजगारीबाट हटाइएकोप्रति यस सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । हटाइएका कर्मचारीलाई क्षतिपूर्तिसहित बिनासर्त तत्काल पुनर्बहाली गराउनसमेत अपिल गर्दछौँ । साथै त्यहाँ भएका भ्रष्टाचारजन्य कारोबारको समेत घोर भत्र्सना गर्दै कसुरदारलाई सजाय भोग्न तयार रहन चेतावनी दिन्छौँ । यसैगरी दोलखाको अस्पतालबाट निष्कासित सबै ३७ जनालाई पुनर्बहाल गरी मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दछौँ ।’

कँडेलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कथित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो । उक्त राष्ट्रघाती परियोजना संसद्बाट पारित गराई नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप निम्त्याएर नेपाललाई साम्राज्यवादको सैन्य क्रीडास्थल बनाउन उद्यत रहेको सन्दर्भमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ खारेज गर्न माग गर्दछ । दिउँसो नाफा–नोक्सानको लेखाजोखामा राखेर सीमा समस्या समाधान गर्छु भन्ने अनि रातभरि साम्राज्यवादको ढोकामा लम्पसार पर्ने पुरानो केपीजन्य संसदीय चरित्रको भण्डाफोर गरी दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत रूपमा सशक्त राजनीतिक आन्दोलनका लागि वामपन्थी, देशभक्त शक्तिहरूलाई अनुरोध गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :