बाढीको ताण्डव

1445608116काठमाडौं/असार २३ : मनसुन शुरु हुनसाथ नेपाल, भारत, बंगलादेश, जापान, चीनलगायतका एशियाली देशहरुमा बाढी र पहिरोको ताण्डव शुरु भएको छ । पोखरा, पर्वत, सप्तरी, चितवनलगायतमा झण्डै दर्जन नागरिकको ज्यान गएको छ । बिहिबार उत्तराखण्ड, पिथौरागढ जिल्ला, धारचुलाबाट नेपालको दार्चुलातिर आउँदै गरेका ३ नेपाली र २ भारतीय नागरिकको मृत्यु भएको छ । महाकाली नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेका कारण छेउछाउका बासिन्दा ज्यान जोगाउन भागाभाग गर्नुपर्ने अवस्था छ । सप्तरीमा खाडो नदीमा आएको बाढी र भारतीय बाँधले पानी थुनिंदा नेपाली बस्ती डुबानमा परेका र १ जनाको ज्यान गइसकेको छ । जापानमा आएको भीषण बाढीले २ जनाको ज्यान गएको र १८ जना हराइरहेका छन् । उता अघिल्लो हप्ता चीनमा पहिरो जाँदा १५ जना भन्दा बढीको ज्यान गएको थियो । यता पहिरोको कारण चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा १ दर्जन भन्दा बढीको ज्यान गइसकेको छ । गृह प्रशासनले १५ को मृत्यु भने पनि त्यो संख्या दोब्बर पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :