बिरामी भएर उपचार गर्न गएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ :अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना २ जना सदस्यहरू बिरामी भएर उपचारका लागि जाँदै गर्दा प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोला ‘मार्सल’ र सङ्गठनका कास्की जिल्ला अध्यक्ष पुरन पुन मगरले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सङ्गठनका जिल्ला सदस्य गगन परियार र एकाइ सदस्य वीरेन्द्र थापालाई राजनीतिक आस्थाका आधारमा गरिएको गिरफ्तारीको भत्र्सना गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘यो देशका पक्षमा बोल्दा समातिन्छ, राष्ट्र र जनताका पक्षमा बोल्दा गिरफ्तार गरिन्छ, आफ्नो देशको सीमा मिचिएको बारेमा बोल्न निषेध गरिन्छ भने यस्ता घृणित कार्यमा संलग्न व्यक्तिहरूमाथि उचित समयमा विद्यार्थी आन्दोलन र कडा सङ्घर्ष गर्न बाध्य हुनेछौँ जसको परिणाम भयानक हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :