छद्मभेषी कार्यकर्ता कारवाहीमा पर्ने

Manis-Kumar

काठमाडौं/असार २३ : दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको तराई केन्द्रित राजपाले चुनावमा भाग लिएका कार्यकर्तालाई कारवाही गरी पार्टीबाट निष्काशन गर्ने भएको छ । राजपा नेता मनिषकुमार सुमनले शुक्रबार सो धारणा सार्वजनिक गरेका हुन् । “पार्टी नीति विपरीत चुनावमा भाग लिने छद्मभेषी कार्यकर्ता हाम्रो पार्टीका रहेनन्” नेता सुमनले भने । पार्टी विधानका विषयमा मतैक्यता हुन नसकिरहेको बेला राजपाले देउवा–दाहाल गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने विषयमा छलफल चलिरहेको बताइन्छ । संविधान संसोधन नभइकन चुनावमा नजाने राजपाको धारणा यथावत रहेका बेला सरकारले भने दुई तिहाई नपुगेसम्म राजपाले धैर्य गर्नुपर्ने र चुनावमा जानुपर्ने दलिल गरिरहेको छ ।

rajapa_rajbiraj_CbcTFy9eG9

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :