रामेछापमा लाग्यो एमसीसी मुर्दावादको नारा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले अमेरिकी साम्राज्यवादले नेपालमा लाद्न खोजेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध अमेरिकी साम्राज्यवाद मुर्दावाद, सामाजिक दलाल फासिवादी सरकार मुर्दावाद, एमसीसी चाहिँदैन, एमसीसी मुर्दावाद, देश बेच्न पाइँदैन, सबैखाले राष्ट्रघाती सम्झौता खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाउँदै पचासौँको सङ्ख्यामा मशाल जुलुस निकालेर केपी वली र शेरबहादुर देउवाको पुतलादहन गरेको समाचार प्राप्त भएको छ ।

नेकपा रामेछापले मशाल जुलुस र पुतलादहनपछि कोणसभा पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी सौगात लामा, जिल्ला सदस्य कार्मो, जिल्ला सदस्य तथा सहिद परिवारका केन्द्रीय सदस्य रविलगायत पचासौँजनाको उपस्थिति रहेको समाचारमा जनाइको छ ।

कार्यक्रममा सम्बोधन गर्ने नेकपाका नेताहरूले एमसीसी परियोजनाले नेपाललाई अफगानिस्तान र इराक बनाउने भएकाले यो परियोजना जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई सैह्य नहुने बताएका थिए । उनीहरूले अहिलेको दलाल तथा भ्रष्ट सरकार र पतीत नेताहरूले संसद्बाट एमसीसी पारित गरे यसको नतिजा गम्भीर आउने र त्यसको जिम्मेवार स्वयम् संसद्वादी दलालहरू हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :