एमसीसी लागू हुन नदिने घोषणासहित नेकपा रूपन्देहीले जलायो सम्झौतापत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जलाएको छ ।

सम्झौताको ७७ पृष्ठको नेपाली प्रति जलाउँदै नेकपा रूपन्देहीका इन्चार्ज सङ्गम पुनले एमसीसी देशका लागि घातक रहेको बताए । उनले देशको मालिक नागरिक नै हुनुपर्छ भन्दै दलाल नेताहरूले देशको सम्पत्ति अमेरिकाका गोराहरूलाई बुझाउन खोजेको टिप्पणी गरे । उनले संसद्बाट एमसीसी कुनै हालतमा पास नगर्न चेतावनी दिँदै पास गर्ने चेष्टा गरेमा सबैमाथि भारी पर्ने र नेकपाले एमसीसी सञ्चालन हुन नदिने घोषणा गरे ।

रूपन्देहीको बुटवलमा भएको विरोधसभामा जनतालाई पनि एमसीसी जलाउन अपिल गरिएको थियो । देशभरजस्तै एमसीसीविरुद्ध नेकपा रुपन्देहीको कार्यक्रम बुटवलमा गरिएको हो ।

यस्तै लुम्बिनी ब्युरोका ८ वटै जिल्लामा समेत एमसीसी जलाइएको समाचार प्राप्त भएको छ । नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पालगायत जिल्लाहरूमा समेत एमसीसी जलाइएका समाचारहरू प्राप्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :