काठमाडौँका विभिन्न ठाउँमा एमसीसी सम्झौता जलाइयो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौँ जिल्ला समितिले विभिन्न ठाउँमा राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौतापत्र जलाएको छ । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने कार्यसूचीअनुसार मङ्गलबार काठमाडौँका गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली, तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिकाका साथै काठमाडौँ महानगरपालिकाका कोटेश्वर, सानोभर्याङ र ताहाचलमा सम्झौतापत्र जलाइएको जिल्ला कार्यालयले जनाएको छ ।

केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको उक्त राष्ट्रघाती सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध रहेकाले उक्त राष्ट्रघाती आपराधिक कार्यको विरोधस्वरूप उक्त सम्झौता जलाइएको हो । सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको वास्ता नगरी जिल्लामातहत रहेका पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता, कार्यकर्ता र स्थानीय देशभक्त जनताको उल्लेख्य उपस्थिति रहेका कार्यक्रमहरूमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद ! लगायत नाराहरू लगाइएको जानकारी नेकपा काठमाडौँले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :