बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते


काठमाडौँ : भारतबाट आफ्नो घर आउदै गरेका बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरियामा सोमबार विहानै भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ, भने अन्य २१ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित ठुरिया जंगलमा ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् ।

३३ जना सवार गाडी अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :