नेकपा नेता अनिल शर्मा ‘विरही’ २७ दिनपछि हिरासतमुक्त


काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य एवम् पार्टी प्रकाशन विभागका इन्चार्ज तथा रातो खबर साप्ताहिकका निर्देशक साहित्यकार अनिल शर्मा ‘विरही’ हिरासतबाट २७ दिनमा रिहा भएका छन् । चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारिखमा आइतबार थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका १ नं. न्यायाधीश हेमन्त रावलको एकल इजलासले शर्मालाई साधारण तारिखमा थुनामुक्त गर्न आदेश दिएको हो ।

शर्माविरुद्ध लगाइएको राज्यविरुद्धको अभियोग पुष्टि हुन नसक्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । उनलाई चितवन प्रहरीले गत वैशाख २३ गते गम्भीर घाइते र सख्त बिरामी अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट गिरफ्तार गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । लडेर ढाडको हड्डी भाँचिएपछि शर्मा उपचारका लागि अस्पताल पुगेका थिए । सुगरलगायत दीर्घरोगका कारण नेता शर्मा गम्भीर बिरामी छन् ।

अदालतले शर्मालाई उपचारार्थ अस्पतालका सम्बन्धित चिकित्सकको परामर्शबिना अन्यत्र स्थानान्तरण नगर्न वा उपचारमा बाधा नपु¥याउन पनि सरकारलाई निर्देशन दिएको छ । प्रहरीले शर्मालाई जनकपुरको एक घटनामा मुछी जनकपुर लैजाने तयारी गरेको थियो तर अदालतको आदेशले प्रहरीको सम्भावित गैरन्यायिक कदम रोकिएको छ । अलालतले प्रहरीलाई भरतपुरकै अस्पतालमा लगी उपचार गर्नसमेत आदेश दिएको छ ।

शर्माका विरुद्ध जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने शर्माका पक्षमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, कमल पाठक, गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, रामचन्द्र देवकोटा, गङ्गाबहादुर कोइराला, नारायण गिरी, लक्ष्मण अधिकारी र सन्तोष कोइरालाले बहस गरेका थिए । शर्मालाई अदालतले साउन २१ गतेको तारिखसमेत दिएको छ । अदालतको आदेशसँगै हाल उनी भरतपुर अस्पतालमै उपचारमा फर्किएका छन् । 

यसैबीच थुनामुक्त भएलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका केन्द्रीय सदस्य शर्माले आफ्नो रिहाइका लागि अहोरात्र खट्ने अधिवक्ता, पत्रकार, डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, प्रगतिशील लेखक, मानवअधिकारवादी, संस्कृतिकर्मी, उद्योगी, व्यवसायी, अस्पताल परिवार, सुरक्षाकर्मी र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।आदेशपत्र…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :