अस्पतालबाट निष्कासित ३५ कर्मचारीले न्याय माग्दै नेकपा कार्यालयमा दिए मुद्दा

तत्काल पुनर्बहाल नगरिए कदम चाल्ने पार्टीको चेतावनी


काठमाडौँ : न्याय हेल्थ नेपाल बयलपाटा अस्पताल प्रशासनले कोरोना महामारीकै बीच आफूहरूलाई निष्कासन गरेकाले न्याय दिलाइपाऊँ भन्दै ३५ जना निष्कासित कर्मचारीले नेकपाको कार्यालयमा मुद्दा दर्ता गरेका छन् । न्यून तलबभत्ता खाने, आर्थिक अवस्था कमजोर भएका ३५ जना कर्मचारीहरूले आफूहरूलाई अन्यायपूर्ण ढङ्गले पुनः नियुक्ति नदिई निष्कासन गरिएकाले छानबिन गरी न्याय दिलाइपाऊँ भनी संयुक्त रूपमा पार्टी कार्यालयमा निवेदन दिएकाले पीडित कर्मचारीलाई तत्काल पुनर्बहाल गर्न नेकपा अछामले अस्पतालको ध्यानाकर्षण गराएको छ । पार्टी इन्चार्ज नवीनले अन्यथा जनताको सङ्घर्षलाई साथ दिनुपर्ने अवस्था आउने र त्यसको सामना सम्बन्धित पक्षले गर्नुपर्ने भन्दै चेतावनी दिएका छन् ।

इन्चार्ज नवीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय हेल्थ नेपाल बयलपाटा अस्पताल प्रशासनले अहिले कोभिड १९ को महामारी र स्वास्थ्य क्षेत्रको आवश्यकतालाई बेवास्ता गरी सत्ता र शक्तिको दुरुपयोग गर्दै, अस्पतालभित्रको अनियमितता र भ्रष्टाचार माथि पर्दा हाल्ने ढङ्गले रु. ५२ हजारदेखि माथि १३ लाखसम्म तलबभत्ता खाने कर्मचारीहरूलाई संरक्षण गर्ने, रु. १५ हजारदेखि ५० हजारसम्म न्यून तलबभत्ता खाने, आर्थिक अवस्था कमजोर भएका, २ जना पहिले र ३३ जना अहिले गरी ३५ जना कर्मचारीहरूलाई अन्यायपूर्ण ढङ्गले पुनः नियुक्ति नदिई निष्कासन गरेको विषयमा पीडित कर्मचारीहरूले छानबिन गरी न्याय दिलाइपाऊँ भनी संयुक्त रूपमा हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको अछाम जिल्ला कार्यालयमा पेस गरेको निवेदनले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयमा अस्पताल प्रशासनबाट पुनर्विचार होस् र अन्यायपूर्ण ढङ्गले निष्कासन गरिएका पीडित कर्मचारीहरूलाई निःसर्त पुनर्बहाल गरी पुनस्र्थापन गरियोस् । हाम्रो पार्टी न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालले न्यायका पक्षमा काम गरोस् भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गर्दछ । अन्यथा जनताको सङ्घर्षमा पार्टी सहभागी हुन बाध्य हुनेछ जसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयम् अस्पताल प्रशासनले लिनुपर्ने हुन्छ भन्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फ जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :