दलित किशोरीका हत्यारालाई कारबाही गर्ने दलित मोर्चाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीले देवदह नगरपालिका वडा नं. ११ मा दलित किशोरी अँगिरा हरिजनका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ । दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीकी अध्यक्ष जानकी बराहले बुधबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र दलित समुदायमाथि भएका यस्ता अपराधपूर्ण घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गरेकी छिन् ।

विज्ञप्तिमा ‘हामी घटनाबारे तत्काल निष्पक्ष छानबिन गरी हत्या गरिएकी अबोध किशोरीका परिवारलाई सामाजिक न्यायसहित उचित क्षतिपूर्ति दिन र उमेर नै नपुगेकी अबोध किशोरीलाई जबर्जस्ती विवाह गराइदिने कथित वडा अध्यक्ष, दलित भएकै कारण घरमा प्रवेश गर्न नदिने र घटनामा संलग्न दोषीहरूमाथि हदैसम्म कारबाही गर्न जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिमा सङ्गठनले दलित समुदाय भएकै आधारमा पीडितले न्याय नपाए दोषीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । दलित समुदायमाथिको शोषण, दमन, विभेद, बलात्कार, हत्याजस्ता जघन्य घटनाहरू दिनप्रतिदिन बढिरहेको भन्दै यी घटनाले दलित समुदायको मुक्ति नभएको स्पष्ट भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :