तत्कालीन रसुवा जिल्ला संस्थापक उदयको निधन, नेकपाद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रसुवाले तत्कालीन नेकपा चौथौ महाधिवेशन रसुवा जिल्लाका संस्थापक एवं नेपाली कम्युनिस्ट आन्दोलनको एक अग्रज योद्धा अजुर्नबहादुर भण्डारी ‘उदय’को दुःखद् निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उदयका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । रसुवा जिल्ला सेक्रेटरी सोनाम छिरीङले मङ्गलबार प्रेस विज्ञप्ति निकाली शंसोधनवादी र सुधारवादी प्रवृतिको साहरामा बाँचेकाहरुलाई तिखो कटाक्ष गर्ने प्रष्ट वक्ता र क्रान्तिकारी विचारका धनि नेता कमरेड उदयले देखाउनु भएको वर्गसंघर्षको मार्गमा निरन्तर हामीले श्रमिकवर्गको मुक्तिमार्गमा वैज्ञानिक समाजवादी राज्य स्थापना गरिछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

रसुवा जिल्ला सेक्रेटरी सोनाम छिरीङले विज्ञप्तिमा भनेका छन्, ‘तत्कालीन नेकपा चौथौ महाधिवेशन रसुवा जिल्लाका संस्थापक सचिव (२०३७) एवं नेपाली कम्युनिस्ट आन्दोलनको एक अग्रज योद्धा कमरेड अजुर्नबहादुर भण्डारी ‘उदय’को यही २०७७ जेठ १२ गते निधन भएको दुखःद् खबरले हामी स्तब्ध भएका छौं । यो दुखःद् घडीमा हामी कमरेड उदयप्रति हार्दिक श्रद्धाञ्जली र सम्पूर्ण शोकाकुल परिवारजनहरुका समवेदना प्रकट गर्न चाहन्छौ ।’

सेक्रेटरी छिरीङले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनका एक जुझारु योद्धा क.उदय, पञ्चायती कालरात्रीमा दुश्मनको यातनाले घाइते भएर आजीवन दिर्घ रोगी बन्न पुग्नु भएको थियो । आन्दोलन र जनयुद्धको मोर्चामा रहनु भएको उहाँ पछिल्लो समय स्वास्थ समस्याको कारण क्रियाशील हुन सक्नु भएन । बिरामी घाइते योद्धालाई उपचारको ब्यवस्था गर्नु भन्दा पनि पार्टी सदस्यता भिराएर साहनुभुतिको भोट बटुल्न उछिनपाछीन गर्ने, संसदवादी दलाल, गल्लावालहरुले बाँचुन्जेल हाँसी मजाकको पात्र बनाएर हैरानी खेलाउनु दुःखद् बिडम्बना हो । उहाँ र उहाँहरु जस्तै अग्रजहरुले रोपेको क्रान्तिकारी विचार र आर्दशले मौलाएको बर्गसंघर्षको बलमा आज सत्तामा हालीमुहाली गरेकाहरुले दलाल, तस्कर र ठेकेदारहरुको पछी लाग्दै उहाँलाई जस्तै श्रमजीवी रसुवाली जनताहरुलाई पनि अपमानीत गरिरहेका छन्, हैरानीमा पारेका छन् र संसदवादमा लुट मच्चाएका छन् ।’

सेक्रेटरी सोनाम छिरीङले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘आज हामी तिनै संसदवादको भाषमा जाकिएका दलालहरुले मिल्काएको क्रान्तिको रातो झण्डा उचालेर निरन्तर क्रान्तिको यात्रामा छौ । शंसोधानवादी र सुधारवादी प्रवृतिको साहरामा बाँचेकाहरुलाई तिखो कटाक्ष गर्ने प्रष्ट वक्ता र क्रान्तिकारी विचारका धनि नेता थिए कमरेड उदय । आज उँहाले देखाउनु भएको वर्गसंघर्षको मार्गमा निरन्तर हिडेर मात्रै हामीले श्रमिकवर्गको मुक्तिमार्गमा वैज्ञानिक समाजवादी राज्य स्थापना गर्र्दै, अग्रज योद्धाहरुप्रति सच्चा सम्मान र श्रद्धाञ्जली अपर्ण गर्न सक्दछौ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :