आफ्नो औकातमा रही सत्ताको ध्वाँस र दम्भ नदेखाउन ऐन महरलाई अखिल (क्रान्तिकारी)को चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले सरकारी नेकपाको विद्यार्थी संगठनका संयोजक ऐन महरले विप्लवले नेतृत्व गरेको नेकपालाई कुनै पनि तथ्य र आधार विना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीप्रति घोर निन्दा एवं भत्र्सना गर्दै सत्ताको ध्वाँस र दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी दिएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार प्रेस विज्ञप्ति निकाली महरको तुच्छ विवेकहिन गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको खारेज गर्दै विगतको महान जनयुद्ध र हाल त्यसको उत्तराधिकारी आफ्नो मातृ पार्टी र यसका हजारौँ सहिद वेपत्ता, घाइते योद्धाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएकाले आफ्नो विवेकहिन टिप्पणी फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न महरलाई निर्देशन दिएका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमा भनेका छन्, ‘हिजो मिति २०७७ जेठ ११ गते सरकारी नेकपाको विद्यार्थी संगठनको संयोजक ऐन महरले हाम्रो मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीको हाम्रो संगठन घोर निन्दा एंव भत्र्सना गर्दछ । महरको यो तुच्छ, विवेकहिन, गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको हामी खारेज गर्दछौँ । विगतको महान जनयुद्ध र हाल त्यसको उत्तराधिकारी हाम्रो पार्टी र यसका हजारौँ सहिद, बेपत्ता र घाइते योद्धाहरूको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको हो । महान् १० बर्षको जनयुद्धमा गणतन्त्रको स्पष्ट एजेण्डा लिएर लडेको तत्कालिन माओवादी र हालको विद्रोही नेकपालाई आतङकारी करार गरेर गणतन्त्र र हाम्रा विरूद्ध सामन्तवादी राजतन्त्र र विदेशी मालिकहरूको निर्देशनमा अनेकौँ फासिवादी षड्यन्त्र गरेको तत्कालिन एमाले वा हालको ओली गुट, आज आफुलाई गणतन्त्रको ठेकेदार झैँ अभिनय गर्नु बडो बिडम्बनापूर्ण, हाँस्यास्पद र मजाकको विषय भएको छ । १९ दिने आन्दोलनमा खाली तिघ्रा ठटाएको भरमा मात्रै गणतन्त्र आएको होइन् बरू यो त महान् जनयुद्धको त्याग, समर्पण, बलिदान र युद्धबाट प्राप्त भएको हो, त्यसैले हामीलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउनु र आफ्नो औकातमा रहनु ।’

अध्यक्ष ढकालले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘माहाकाली सन्धी लगायत दर्जनौँ राष्ट्रघात, हाम्रो अरबौँ खुन पसिना ठगेको Ncell सँग मिलेमतो, मेडिकल र शैक्षिक माफियासँग डिनर, वालुवाटार जग्गा काण्ड, वाइडवडि घोटाला, होलि वाइन, सुन काण्ड, निर्मला काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार र अहिले MCC जस्तो राष्ट्रघाती सम्झौता सदनबाट पारित गर्ने कर्म लगायत थुप्रै काण्डमा कालो पोतिएकाहरू साँचो अर्थमा राष्ट्रघाती र जनघाती हुन् । हाल हाम्रो संगठन र पार्टी कोरोना माहामारीमा स्वास्थयका नियमहरूको पालना गर्दै जनसेवामा समर्पित रहँदै, भारतीय साम्राज्यवादले नेपालको भूमि हडपेकोमा त्यस विरूद्ध राष्ट्रियताको आन्दोलनमा पनि उत्तिकै सक्रिय रहेको कुरा पार्टीका आदरणीय महासचिव कमरेड विप्लव, प्रवक्ता कमरेड प्रकाण्ड लगायत नेताहरूले अन्तर्वार्ता, लेख, विज्ञप्ति आदि मार्फत सार्वजनिक गर्नु भएकै विषय हो ।’

चिरञ्जीवी ढकालले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘अतः यस्तो राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेस रहेको अवस्थामा महरको यो टिप्पणीले अनेरास्ववियू भित्रकै इमान्दार, देशभक्त, युवा विद्यार्थी साथीहरूलाई ठुलो चोट पुगेको छ । हामी ति इमान्दार देशभक्त साथीहरूलाई धन्यवाद दिन्छौँ, जसले महरको निच टिप्पणीको विभिन्न माध्यमबाट विरोध तथा आपत्ति व्यक्त गर्नुभयो र हामी उहाँहरूलाई हाम्रो संगठनमा गोलबन्द हुन पनि विशेष अपिल गर्दछौँ । आफ्नो विवेकहिन टिप्पणी फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न महरलाई हाम्रो संगठन निर्देशन गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :