लकडाउनमा ५ सयभन्दा बढी महिला र बालिका हिंसाबाट पीडित


काठमाडौँ : लकडाउनका ५४ दिनमा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ ७ गते सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख गरिएको हो ।

लकडाउनको यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएको घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा २ सय ३९ जना पीडित भएको इन्सेकले जनाएको छ ।

यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएको जनाइएको छ ।

‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए’, प्रतिवेदनमा भनिएको छ, ‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :