कोरोनाबाट मृत्यु भएका शिक्षक कुँवरप्रति नेकपाद्वारा श्रद्धाञ्जली


काठमाडौँ : गुल्मी मदाने गाउँपालिका वडा नं. ६ निवासी कड्के देउराली प्रस्तावित निमाविका प्रधानाध्यापक बोमबहादुर कुँवरको कोरोना भाइरसबाट भएको निधनप्रति नेकपा गुल्मीले श्रद्वाञ्जली व्यक्त गरेको छ । शुक्रबार जिल्ला इन्चार्ज सामनाले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।

विज्ञप्तिमा इन्चार्ज सामनाले कुँवरको मृत्युबारे सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भएको भन्दै परिवारजले घटनाबारे सत्यतथ्य छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । परिवारजनले शव बुझ्न अस्वीकार गरेको प्रतिसमेत ध्यानाकर्षण भएको उनले बताएकी छिन् । उनले अस्पतालको लापरबाहीले कुँवरको निधन भएको सत्य हो भने घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र क्षतिपूर्ति दिनसमेत जोड दिएकी छिन् ।

उनले यो घटनाले गुल्मी जिल्लामा पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै कोरोना महामारीबाट बच्न र सचेत रहन जिल्लाबासीलाई अपिलसमेत गरेकी छिन् । विज्ञप्तिको पूर्णपाठ…