दलितमाथि दुव्र्यवहार गर्नेलाई छानविन गरी कडा कारवाही गर – रसाइली


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन दलित मुक्ति मोर्चा, नेपाल लुम्बिनी समन्वय समितिले गुल्मीको कालीगण्डकी गाउँपालिका – ५ फोक्सिङमा बैशाख २२ गते दलित समुदायमाथि भएको दुव्र्यवहारप्रति घोर निन्दा एवं भत्सर्ना गरेको छ । लुम्बिनी समन्वय समितिका संयोजक जितबहादुर रसाइलीले सोमबार प्रेस वक्तव्य जारी गर्दै उक्त घटना अति घृणित, पाखण्डीपूर्ण र अमानवीय रहेको बताएका छन् ।

समन्वय समितिका संयोजक रसाइलीले वक्तव्यमा भनेका छन्, ‘गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका – ५ फोक्सिङमा गत २०७७ बैशाख २२ गते कौशिला परियारकोे शव अन्त्येष्टी गरेर फर्किने क्रममा पानी परिरहेकोले स्थानीय नेत्रबहादुर काउचाको घरमा अनुमति लिई ओत लाग्दा घर ‘अपवित्र’ भएको भन्दै श्याम परियार र उनका बुवा धनबहादुर परियारलाई कुटपिट गर्ने, गाउँ निकाला गर्न धम्की दिने र दण्द सजाय स्वरूप १५०० रुपैया जरिवाना समेत गराउने जस्ता अति घृणित, पाखण्डीपूर्ण र अमानवीय दुव्र्यवहार गरेको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ ।’

रसाइलीले वक्तव्यमा अगाडि भनेका छन्, ‘यो घटनाले दलित समुदायको मुक्ति अझै नभएको पुष्टि गर्दछ र वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलित समुदायको पूर्ण मुक्ति सम्भव रहेको तथ्यलाई उजागार समेत गरेको छ । त्यसकारण यो घटनाले दलित मुक्ति संघर्षलाई अझ घनिभूत बनाउदै लैजानुपर्ने आवश्यकताबोध भएको छ भने अर्कोतिर केपी वली सरकारले भन्दै आएको कथित शान्ति, समानता र गणतन्त्रको धज्जी समेत उडेको छ ।’

संयोजक रसाइलीले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘हाम्रो संगठन उक्त घटनाबारे यथासिघ्र छानविन गरी दोषीउपर हदैसम्मको कारवाही गर्न माग गर्दै सामाजिक कलङ्कका रुपमा रहेको जातीय विभेद र उत्पीडन विरुद्ध सम्पूर्ण उत्पीडित मुक्तिकामी जनसमुदायलाई संघर्षमा उत्रिन समेत अपिल गर्दछौं ।’ वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :