भारतीय हस्तक्षेपविरुद्ध पूर्वी नेपालमा निकालियो मशाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन मेची–कोसी ब्युरोले झापालगायत ब्युरोअन्तर्गतका इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीका विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको विरोधमा युवा सङ्गठनले मशाल जुलुस निकालेको जानकारी मेची–कोसी ब्युरो संयोजक समरले दिएका छन् ।

मशाल जुलुसपछि आयोजित कोणसभामा विभिन्न जिल्लाका जिल्ला नेताले सम्बोधन गर्दै भारतीय अतिक्रमण र हस्तक्षेपको तीव्र निन्दा गर्दै आक्रोश व्यक्त गरेका थिए ।

समरले भने, ‘केपी–प्रचण्ड नेतृत्वको सरकारले सीमारक्षा गर्ने साहस राख्दैन भने हामी सीमारक्षाका लागि बलिदान गर्न तयार छौँ ।’ उनले भारतीय हस्तक्षेप दलाल संसदीय व्यवस्था रहुन्जेलसम्म नटुङ्गिने भएकाले आफूहरु अब चुप लागेर नबस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :