राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व नेकपाले गर्छ : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एकजुट भएर राष्ट्रिय मुक्ति आन्दोलनद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा मुक्त गर्ने बताएका छन् । उनले राष्ट्रिय मुक्ति आन्दोलनको कुशल नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा पनि राखेका छन् ।

प्रकाण्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि भारत सरकारलाई लिजमा दिन सकिन्छ भन्ने सरकारमा बस्नेहरूको धारणा साम्राज्यवादी, राष्ट्रघाती, जनद्रोही र आपराधिक भएको ठहर गर्दै कडा प्रतिवाद र भत्र्सना गरेका छन् । त्यस्ता अभिव्यक्तिहरू पार्टीले खारेज गरेको बताउँदै प्रकाण्डले उक्त भनाइ फिर्ता लिन चेतावनी पनि दिएका छन् ।

प्रकाण्डको विज्ञप्तिमा सरकारका परराष्ट्रमन्त्रीले नै सीमा अतिक्रमणको विषय नेपाल सरकारलाई कुनै जानकारी नभएको भनी दिएको अभिव्यक्ति आठौँ आश्चर्य भएको उल्लेख छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :