राष्ट्रियता रक्षाको आन्दोलनमा सरिक हुन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको आह्वान

काठमाडौँ : नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले भारतले नेपालको लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर बाटो बनाएकोमा घोर विरोध र भत्र्सना गरेको छ । सङ्गठनी संयोजक सविता तामाङले विज्ञप्ति प्रकाशित गर्दै भारतीय साम्राज्यवादले नेपालको स्वाधीनतामाथि बारम्बार हस्तक्षेप गर्दै आएकाले त्यसको प्रतिरोध गर्न जनसमुदायलाई आह्वान गरेकी छिन् ।

संयोजक तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी हालै भारतले नेपालको लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर बाटो बनाएको सन्दर्भमा घोर विरोध र भत्र्सना गर्दछ । भारतीय साम्राज्यवादले नेपालको स्वाधीनतामाथि बारम्बार हस्तक्षेप गर्दै आएको छ । उसले हाम्रो देशको लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरेको छ भने कालापानीमा आफ्नो सैन्य क्याम्प राखेको छ । सिमानाका जङ्गेपिलरहरू रातारात गायब पार्ने कार्य गरेको छ । उसको हस्तक्षेप यतिमा मात्र सीमित छैन; नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिकलगायत क्षेत्रमाथि आफ्नो साम्राज्यवादी कुटिल षड्यन्त्र गरेर हस्तक्षेप गर्दै आएको छ । भारतीय साम्राज्यवादको त्यसप्रकारको कार्य घोर भत्र्सनायोग्य र निन्दनीय छ ।’

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘नेपालको दलाल पुँजीवादी केपी सरकार भारतीय साम्राज्यवादको हस्तक्षेपमा प्रतिकार गर्ने त परै जाओस्, चूँसम्म पनि बोल्न सकिरहेको छैन । बरु उल्टै उनीहरूको पाउमा लम्पसार परेर नेपालको सार्वभौमिकतालाई बिक्री गर्न चाहन्छ । यस्तो गैरजिम्मेवार, निकम्मा, फासिवादी सरकारप्रति घोर विरोध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्त, न्यायप्रेमी जनसमुदायमा हाम्रो जनप्रिय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :