कालीकोटमा मोदीको पुतला जल्यो


काठमाडौँ : नेकपाले लिपुलेकमा भएको भारतीय नाङ्गो हस्तक्षेपविरुद्ध कालीकोटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दोहन गरेको छ । कालीकोटका प्रत्येक एरियामा मोदीको पुतला जलाइएको छ ।

पचालझरनामा पुतलादहन कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले लकडाउनको अवसर पारेर केपी वलीले मोदीलाई सरकार टिकाउन लिपुलेक सुम्पेको आरोप लगाए । उनले लकडाउनमा आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गरेकाले आजैबाट लकडाउन उल्लङ्घन गर्दै सङ्घर्षलाई निरन्तरता दिने चेतावनी पनि दिए । उनले लगातार एक साता सङ्घर्षका कार्यक्रम अगाडि बढाउने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :