नेपाली राष्ट्रियतामाथि हस्तक्षेप हुँदा पनि सरकार मूकदर्शक : सम्पर्क मञ्च


काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्चले भारतीय पक्षले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयमा गम्भीर आपत्ति जनाएको छ । सम्पर्क मञ्चका केन्द्रीय सदस्य तथा कार्यालय सचिव सफलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप हुँदा पनि सरकार मूकदर्शक भएको बताएका छन् ।

सफलले भारतीय कदम नेपाली भूमिमा सैन्य अखडा खडा गर्ने प्रक्रियाको उत्कर्ष रूप भएको पनि बताएका छन् । मञ्चले सरकारको लम्पसारवादी नीति र व्यवहारका कारण यो सरकार भारतीय सरकारको असली नोकर रहेको ठहर भएको भन्दै भारतीय साम्राज्यवादलाई आफ्नो हस्तक्षेप बन्द गर्न माग गरेको छ । मञ्चले जनताको सेवामा समर्पित राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार तथा धरपकड नगर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :