लिपुलेक–कालापानीमा भारतीय अतिक्रमण र हस्तक्षेपविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण गर्दै एकलौटी सडक बनाएको विरोधमा देशव्यापी सङ्घर्ष घोषणा गरेको छ ।

नेकपाले वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने, वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । भारतीय साम्राज्यवाद– मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !, कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !, भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !, नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद ! लगायत नारा लेखिएका पर्चा, पोस्टरिङ, वालपेन्टिङका साथ जेठ ५ गते देशव्यापी रूपमा सहरदेखि गाउँसम्म मशाल जुलुस गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

नेकपाले देशव्यापी रूपमा आयोजना हुने सङ्घर्षमा सिङ्गो पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक परिचालित हुन र राष्ट्रवादी जनतालाई उत्साहपूर्वक साथ दिन पनि हार्दिक अपिल गरेको छ ।

सङ्घर्षका कार्यक्रम

१) वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने
२) वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने । नेकपाले सङ्घर्षका निम्ननारा पनि तय गरेको छ :
– भारतीय साम्राज्यवाद– मुर्दावाद !
– लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !
– कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !
– भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !
– नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :