युवा सङ्गठनले गर्यो राजबन्दी र अति विपन्न परिवारलाई सहयोग


काठमाडौँ : विश्व मानव जातिलाई डाइनोसर बनाउने हेतुका साथ निम्तिएको कोरोना भाइरस (COVID 19) को प्रभावले सिङ्गै मानवजाति नै चिन्ताको सङ्घारमा रहिआएको बेला नेपाल कम्युनिस्ट पार्टीको साहायक सङ्गठन युवा सङ्गठन नेपालले राजबन्दी तथा अति विपन्न परिवारलाई सहायता सामग्री वितरण गरेको छ ।

सङ्गठनका केन्द्रीय सदस्य इन्द्रविक्रम साउद ‘विजय’ को नेतृत्वमा अछामका विभिन्न स्थानमा रहेका राजबन्दी र अति विपन्न परिवारका सदस्यलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा साउदले युवाहरूको गौरवशाली सङ्गठन युवा सङ्गठन नेपाल विगत लामो समयदेखि सर्वहारा वर्ग तथा उत्पीडित युवाहरूको मुक्तिगामी एजेन्डालाई अँगाल्दै सदैव वर्गसङ्घर्षको मैदानमा होमिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :