प्रहरीले फायरिङ गरेर कार्यकर्ता गिरफ्तार गर्यो : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले आफ्नो पार्टीका जिल्ला इन्चार्जसहित तीनजना कार्यकर्तालाई प्रहरीले सुतेको समयमा मध्यरातमा एकतर्फी फयरिङ गर्दै गिरफ्तार गरेको भन्दै घटनाको निन्दा गरेको छ । पार्टी कार्यकर्तालाई तत्काल रिहा नगरिए अवस्था भयानक हुने चेतावनी पनि नेकपाले दिएको छ ।

नेकपाका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी नेकपाका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङ तामाङ र पासाङ शेर्पालाई सोमबार राति सुतिरहेको अवस्थामा त्रास फैलाउने गरी एकतर्फी फायरिङसमेत गरेर प्रहरीले गिरफ्तार गरेको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।

प्रतापको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी इन्चार्जसहित तीनैजनालाई वैशाख २२ गते राती करिब १२ बजे सुतिरहेको स्थानबाट जनताको बस्तीमा त्रास फैलाउने गरी फायरिङसमेत गर्दै गुन्डागर्दी शैलीमा इलामको माई नगरपालिका ९ बोरुङबाट बिनाकारण गिरफ्तार गरेकोमा नेकपा मेची–कोसी ब्युरो घोर निन्दा तथा भत्र्सना गर्दछ ।’

नेकपाले गिरफ्तार तीनैजनालाई यथाशीघ्र रिहा गर्न माग गर्दै न्याय र परिवर्तनको आवाज बन्दुकको बलबाट रोक्ने कुचेष्टा गरिए त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :