कुमार पौडेल हत्या आरोपित सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरण मुद्दा आयोगमा दर्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका मुख्य दोषी तत्कालीन प्रहरी महानिर्देशक सर्वेन्द्र खनालविरुद्ध बैशाख १८ गते राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय हरिहर भवन, लतितपुरमा जाहेरी दर्ता (उजुरी) भएको छ । खनालको नेतृत्वमा सांसदहरु महेश वस्नेत र गृष्णकुमार (किसान)समेत भै सांसद सुरेन्द्र यादवको अपहरण गरेका थिए । एकातिर प्रलोभन अर्कोतिर भ्रष्टाचार मुद्दा लगाएर फसाउने धम्कि दिएर यादवको अपहरण गरिएको थियो ।

सर्वेन्द्र खनालको प्रत्यक्ष नेतृत्वमा परिचालित घुमुवा प्रहरीहरु कृष्णदेव (केडी) साह, श्री विनोद साह र सत्यनारायण मिश्रले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेका थिए । घुमुवा त्रयलाई खनालले प्रदेश नं. २ मा परिचालन गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले ओली सरकारलाई “निर्देशन दिने, आदेश दिने र दुरुत्साहन गर्नेमाथि पनि कारवाही गर्न आयोगको निर्दैशन छ” भनेको थियो । तर सरकारले खनालमाथि कारवाही गर्नुको सट्टा राजनीतिक स्वार्थ प्रेरित भै अपहरणको नेतृत्व गर्न खटाएको देखियो ।

राष्ट्रिय मानवअधिकारको निर्देशन सरकारले पूरा नगरेपछि गएको माघ अन्तिममा ओली सरकारलाई सचेत गराउँदै आयोगले सरकारको त्यसप्रकारको अटेरीलाई “नेपालको संविधान धारा ६ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा–पत्र १९६६ धारा ६ को प्रतिकूल भएको” आरोप लगाएको थियो । सर्लाही जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि कुमार पौडेलकी आमा दुर्गादेवीले हुलाकमार्फत जाहेरी गर्नुपरेको थियो । जाहेरीमा पीडित पक्षले तत्कालीन प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाललाई राष्ट्रिय मानवअधिकार आयोगले कारवाहीको तयारी गरिरहेको सूचना पाएपछि बाध्य भएर घटनाका दोषी प्रहरी त्रयलाई विभागीय कारवाही गरिएको थियो । तर सो हत्या र अपराधका मुख्य दोषी, आदेश दिने, निर्देशनात्मक योजना दिने प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाललाई हालसम्म कुनै कारवाही गरिएको छैन । सांसद अपहरणको जाहेरी पनि प्रहरीले दर्ता गर्न मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :