तिनाउ नदी दोहन नरोकिए कारबाही गर्ने नेकपाको चेतावनी


काठमाडौँ : मुलुकमा वैकल्पिक जनसत्ताको अभ्यास गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले कथित राष्ट्रिय गौरवको योजना सम्पन्न गर्ने बहानामा बुटवलस्थित तिनाउ नदीबाट गिट्टी, ढुङ्गा, बालुवा दोहन गर्ने काम भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला जनपरिषद् रूपन्देहीका प्रमुख जीवनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण लामो समयदेखि जनता लकडाउनमा परेको मौकामा धमिलो पानीमा माछा मार्ने उद्देश्यले जिल्ला प्रशासन रूपन्देही, बुटवल उपमहानगरपालिका र केही निर्माण व्यवसायीको मिलोमतोमा नदी दोहन गरिएको बताएका छन् ।

उनले पर्यावरणीय सन्तुलनको बेवास्ता गर्दै सामाजिक विखण्डन र बस्तीको संरचनालाई क्षति पुग्ने गरी चोरी तथा निकासीको अवैध धन्दालाई समेत वैधता दिएको भन्दै तत्काल यस्तो कार्य नरोके जनपरिषद्ले कारबाही गर्ने बताएका छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :