२१ गते दाङ बन्द हुने

अम्बिका चन्द/काठमाडौं/असार १९ : चुनावी अभियानको क्रममा गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई रिहा नगरेको भन्दै नेकपा दाङले १ दिने जिल्ला बन्दको घोषणा गरेको छ । जिल्ला सेक्रेटरी सविनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा विनाकारण आफ्ना कार्यकर्ता पक्राउ गरी हिरासतमा राखिरहेकोले असार २१ गते जिल्ला बन्दको आह्वान गरिएको उल्लेख छ ।

चुनावको बेला शान्ति सुरक्षामा असर पर्ने भन्दै पक्राउ गरिएका नेकपाका जिल्ला सदस्यहरु भिमप्रकास पुन,जनक विक, अमर केसी र सुरज परियार तथा समर्थकहरु गिरिराज लामा, गोविन्द विक, रमन खड्का र पूर्ण विकलाई अहिले पनि दाङका विभिन्न हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :