कोरोनाको ऐनामा समाजको अनुहार

सन् २०१९ को अन्त्य र २०२० को सुरुआततिर चीनको वुहान सहरमा अहिलेसम्म नदेखिएको नयाँ भाइरस देखापर्यो । यसलाई चिनियाँ वैज्ञानिकहरूले ‘कोरोना’ नाम दिए । त्यही भाइरसलाई पछि ‘कोभिड १९’ भत्र थालियो । २०२० को सुरुदेखि ४ महिना बित्दासम्म यसले युरोप, अमेरिका, अफ्रिका, एसियासहित विश्वभर फैलावट बनायो । यो महामारीलाई पहिले नयाँ समस्या भनियो । पछि ‘होसियारीपूर्वक’ ‘एपिडेमिक‘ (महामारी) भत्र थालियो र विश्व स्वास्थ्य सङ्गठनले अन्ततः ‘पानडेमिक’ (विश्वव्यापी महामारी) भन्यो । यो महामारीले विश्वलाई नै अस्तव्यस्त बनायो । विश्वका सबै मानिसलाई घरभित्र थुनिदियो । आपसी सम्पर्कबाट अलगथलग हुन बाध्य बनायो । विश्व–अर्थव्यवस्था तहसनहस हुने अवस्थामा पुर्यायो । लाखाैँ मानिसमा गुपचुप सङ्क्रमित भयो र डेढ लाखभन्दा बढीको ज्यानसम्म लियो ।

विज्ञहरूको भनाइ रहँदै आएको छ– विश्वमा समयसमयमा यसप्रकारका भाइरसहरू पैदा हुने गरेका छन् । कतिपय दार्शनिकहरूले विगतका अनुभवहरूलाई संश्लेषण गर्दै भनेका थिए, प्रकृतिले आफ्नो सन्तुलन मिलाउन आवश्यक अवस्था सिर्जना गर्छ । एक छिनका लागि यही सिद्धान्तलाई मात्रे हो भने विश्वमा मानिसको ठूलो चाप, पुँजीवादले पैदा गरेको असन्तुलित औद्योगीकरण र उत्पादन पद्धति, जनजीवनले पैदा गरेको प्रदूषण, बिथोलिँदो प्राकृतिक वातावरणको कारण हुनसक्छ त्यसको कारक तत्व नियन्त्रण गर्न प्रकृतिले खतरनाक भाइरस पैदा गरेको । त्यही कारण हुनुपर्छ विश्वको वातावरणमा असन्तुलन पैदा गर्ने मानिसलाई सन्तुलनमा ल्याउनका लागि मानिसमाथि जाइलाग्ने कोरोना पैदा भएको ।

हुनत यो भाइरस कसरी पैदा भयो भत्रे विषय नै अहम् मुद्दा बनेकोे छ । क्लोनको प्रविधिबाट प्राणीको प्रतिमूर्ति पैदा गर्न सकिने विज्ञान र प्रविधिको क्षमता, मुनाफाका लागि कुनै पनि अपराध गर्न पछि नपर्ने पुँजीवादी साम्राज्यवादी नीति र अमेरिकी सेनाबाट कोरोना चीनमा सल्किएको भत्रे चिनियाँ सरकारी अधिकारीहरूको भनाइलाई एक ठाउँमा राखेर हेर्यो भने यो भाइरस प्रकृतिले आफैँ पैदा गरेको हो वा मुनाफाका निम्ति कुनै देशबाट मानव जातिमाथि जैविक युुद्ध थोपरिएको हो ? भत्रे प्रश्न अहिले सतहमा छ । कोरोनाबाट मुक्ति प्राप्त गरेपछि निश्चित रूपमा यसबारे विश्वका मथिङ्गलहरू केन्द्रित हुनेछन् ।

कोरोना भाइरसको प्रादुर्भाव अहिले विकसित देशमा भएको पाइयो । विगतका अनुभवहरू हेर्यो भने प्रायजसो अविकसित देशहरूमा विभित्र रोगहरू पैदा हुने गरेको पाइन्थ्यो । त्यसको खास कारण गरिब बनाइएका र पिछडा छाडिएका देशहरूमा वातावरणको बिग्रँदो अवस्था नै हुन्थ्यो तर यतिबेला भयानक भाइरस अविकसितभन्दा पहिले विकसित देशहरूमा देखापर्यो र फैलने र बढी प्रभाव पार्ने काम पनि बढी विकसित देशहरूमा नै भएको देखियो । हुनत यो संयोग मात्र हुनसक्छ किनकि रोगका लागि विकसित र अविकसित, धनी र गरिब, राजा र रैती, देश र विदेश भत्रे विभेद हुँदैन । उचित वातावरणले त्यस्तै प्राणीको प्रादुर्भाव हुने हो । विगतमा तमाम रोगहरू अविकसित देशहरूमा देखापरेका थिए । संयोग नै हुनसक्छ, कोराना भाइरस विकसित देश चीनमा देखापर्यो । अहिले पश्चिम युरोप, अमेरिकाजस्ता विकसित देशहरूमा फैलिएको छ र व्याप्त बनेको छ । डेढ लाखभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ र यो रोगको नियन्त्रण नगर्दासम्म यो प्रक्रिया निरन्तर रहनेछ ।

कोरोनाको प्रकोप, यसको जटिलता, यसले पारिरहेको आर्थिक, राजनीतिक, सामाजिक प्रभाव र विश्वमा अभ्यास भएका राजनीतिक व्यवस्थाका बारेमा विभित्र दृष्टिबाट विश्वभर छलफलहरू भई नै रहेका छन् । विश्वभरिका मानिसलाई यसले समाजको समृद्धि र सभ्यताको तुलनात्मक अध्ययन गर्ने मौका पनि दिएको छ । अथवा भनौँ कोरोना भाइसरको ऐनामा समाजको अनुहार सबैले देख्ने गरी प्रकट भएको छ । यसप्रकारको तुलना मूलतः समाजवादी र पुँजीवादी समाजबीचको अन्तरका बारेमा हुन पुगेको छ ।

समाजवादी उत्पादन सम्बन्ध, सामाजिक सम्बन्ध, सामाजिक संस्कृति र चेतनाको आधार रहेका देशहरूमा कोरोनासँग जुध्ने तरिका सशक्त र जनवादी देखियो र पुँजीवादी उत्पादन सम्बन्ध भएका देशहरूमा नोकरशाही, बानिया र आदेशात्मक प्रकारको । यद्यपि चीन, जनगणतन्त्र कोरिया, क्युबालगायत देशहरूले आफ्नै प्रकारको समाजवाद भत्रे गरेकाले समाजवादकै बारेमा कम्युनिस्ट आन्दोलनभित्र बहसको विषय छ । फेरि पनि समाजवादी राजनीतिक प्रणालीबाट सत्ता चलेका देशहरूमा देशको सामाजिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध र चेतना पुँजीवादभन्दा बिल्कुल फरक छन् । चीनको वुहान सहरमा सुरु भएको भाइरसका बारेमा चिनियाँ वैज्ञानिकहरूले पत्तो पाउँदानपाउँदै देशभरि फैलियो र स्वाभाविक रूपमा नियन्त्रण गर्नका लागि केही समय लाग्यो । चीनमा केही हजार मानिसहरू यो रोगबाट सङ्क्रमित भए र केही हजार मानिसको ज्यान गयो । समाजवादी आधारमा चलेका कतिपय देशहरू जस्तो उत्तरकोरिया र क्युबामा त्यहाँका सरकारले अपनाएको पूर्वसजगताका कारण यो निबन्ध लेख्दासम्म कोराना प्रवेश नै गरेको छैन र समाजवादी उत्पादनको आधार भएका कतिपय देशहरूमा यसबारे समाचारले स्थानसमेत पाएका छैनन् ।

तर पुँजीवादी देशहरूमा यसबारे नितान्त फरक अवस्था देखापर्यो । दिन–प्रतिदिन चिनियाँ सहरहरूमा भाइरस सङ्क्रमित हुने र दिन–प्रतिदिन मानिसहरूको मृत्यु हुने प्रक्रियाले विश्वभरका मानिसलाई यसबारे सिक्नका लागि पर्याप्त समय थियो । चिनियाँ अनुभवका आधारमा अन्य देशहरूमा रोकथाम र प्रवेश नदिन पनि पर्याप्त अवसर थियो तर सूचना र प्रविधिको प्रचुरता हुँदाहुँदै पनि पुँजीवादी समाजमा विद्यमान साम्राज्यवादी अहंकारले त्यो अवसरको उपयोग गरेन । चीनमा देखापरेको कोरोना भाइरस चिनियाँ रोग भनेर प्रचार गरियो र साम्राज्यवादी अमेरिकामा कतिसम्म पूर्वाग्रह प्रदर्शन गरियो भने एकान्तबासको विधिलाई चिनियाँ समाजवादी विधि भनेर प्रयोग गर्न इन्कार गरियो । २४ घन्टाभित्र संसारका सबै क्षेत्रमा मानिसको आवागमन, सम्पर्क र सम्मिलन हुने अहिलेको विश्वमा विकसित देशहरूमा त्यसको फैलावट तीव्र रूपमा हुने सम्भावना थियो । त्यसलाई साम्राज्यवादी शासकहरूले पूर्ण रूपमा बेवास्ता गरे । प्रविधिले सुसज्जित देशहरूले नयाँ रोग देखेपछि त्यसको अध्ययनअनुसन्धान गर्नुभन्दा पहिले चिनियाँ रोग भनेर खेलाँची गरे तर अमेरिकी रबैयामा प्राविधिक श्रेष्ठता, पैसाको थुप्रो र सर्वशक्तिमानको अहंकारको अभिव्यक्ति बढी देखियो । यसो भत्रुमा अतिशयोक्ति हुनेछैन– संयुक्त राज्य अमेरिकाले चीनमा रोग पैदा भएका कारण समाजवादी राजनीति, अर्थप्रणाली सामाजिक सम्बन्धमाथि आक्रमण गर्ने नीति बनायो । अमेरिकी नीति हेर्यो भने यो पनि सहजै अनुमान गर्न सकिन्छ– अमेरिका र युरोपभन्दा कोरोना नियन्त्रण गर्न चीनको संयन्त्र कमजोर हुन्थ्यो भने अमेरिकी साम्राज्यवादबाट चिनियाँ समाजवादमाथि आक्रमण गर्न तमाम हङकङहरू पैदा गर्ने प्रयत्न हुने थिए ।

विश्वको कुनै कुनामा पैदा भएको रोग विश्वभर फैलनु असम्भव थिएन र त्यस्तै भयो पनि । तर कोरोना भाइरसको प्रकृति, अहिलेसम्म वैज्ञानिकहरूले पत्ता लगाएअनुसार १४ दिनसम्म प्रभाव नदेखिने भएको कारण मानिसलाई पत्तै नदिईकन विश्वव्यापी रूपमा फैलियो । उपचार गर्ने विधि, औषधि र प्रतिरोधात्मक खोपको अनुसन्धान नभैसकेको अवस्थामा केवल भाइरस फैलन रोक्नका लागि एकान्तबास (क्वारेन्टाइन) र बन्दाबन्दी (लकडाउन) को विधि अपनाउनु नै सर्वोत्तम विधि थियो । चीनपछि यो विधि नै विश्वका सबै मुलुकहरूले अपनाएका छन् । तर विदेशबाट आउनेहरूको स्वास्थ्य परीक्षण र समयमै एकान्तबास अनिवार्य गरिएको हुन्थ्यो भने बन्दाबन्दीको चाप कम हुन सक्थ्यो । सबै क्षेत्रमा भिक मागेर राजकाजको जीविका चलाउने नेपाली शासकले पर्याप्त समय हुँदाहुँदै ध्यान दिन सकेनन् ।

जब यो भाइरसले मानिसको रगत र मांसपेसीहरूमा गुँड जमायो, मानिसहरू एकपछि अर्को गरी बिरामी हुन थाले र देशमा लासको तस पैदा हुन थाल्यो, तब शक्तिमान देशहरूका अस्त्रहरू निकम्मा मात्र देखा परेनन्, सम्पत्तिको थुप्रो र प्रविधिको अहंकारले समेत काम गरेन । अमेरिका आणविक हतियारदेखि प्रविधिले जतिसुकै सुसज्जित भए पनि कोरोना प्रकोपको भुमरीमा उसको पुँजीवादी असलियत प्रस्टै गरी उजागर भयो । साथै केही विशिष्ट प्रकारका समस्याहरू पुँजीवादी साम्राज्यवादी देशमा देखापरे । पहिलो, संयुक्त राज्य अमेरिकामा कम्पनीहरूले सरकारको आग्रहलाई लत्याउँदै मानिसको स्वास्थ्यबाट बचाउ गर्ने सामग्री उत्पादनमा चासो देखाएनन् । पुँजीवादीहरूले कोरोना गुपचुप रूपमा आफूसम्म सल्कने त्रासले मात्र मुनाफाका सामानका रूपमा स्वास्थ्यसम्बन्धी सामानको उत्पादन गर्न सहमत भए । दोस्रो, पुँजीवादी चेतना कति पिछडिएको, स्वार्थी, मुनाफाखोर र व्यक्तिवादी देखापर्यो भने स्वयम् राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘पागलहरू’ भनेर दुत्कार्नुपर्ने अवस्था बन्यो । तेस्रो, अमेरिकाजस्तो सुविधा सम्पत्र देशमा डाक्टर र नर्सहरूले बिरामी उपचार गर्न इन्कार गरे र कोरोना सङ्क्रमित भएका बिरामीलाई अस्पतालहरूमा भर्ना लिन इन्कार गरियो । यही पुँजीवादी गलत रबैयाका बाछिटा भारत र नेपालसम्म फैलन पुगे । चौथो, कोरोनाको लक्षणजस्तो देखिने बिरामीहरूलाई अस्पतालमा नआउन भनियो र कतिपय अवस्थामा बिरामीले पिउने पानी, खाने भोजन र उपचारको औषधिसमेत नपाउने अवस्था पैदा भयो र कैयौँको ज्यान पनि गयो । पाँचौँ, मानिसहरूबीच सामाजिक सद्भाव, नैतिकता, जिम्मेवारी र संवेदनाको अन्त्य भएको देखियो । पुँजीवादी उत्पादन सम्बन्ध भएका देशहरूमा देखापरेका यी समस्याहरू समाजवादी उत्पादन सम्बन्ध भएका देशहरूमा कहीँकतै सुत्रु परेन । हुनत मानिसको आगाडि कोरोना प्रकोप बिस्तारै हराउँदै जानेछ वा यसको खोप, औषधि र नियन्त्रणका विधिहरू विकास हुनेछन र अरू रोगहरूलाईजस्तै यसलाई पनि कि त निर्मूल गरिनेछ कि नियन्त्रणमा राखिनेछ तर पुँजीवादी खुला बजार र बजार नियन्त्रित अर्थव्यवस्थले राज्य र सरकार केबल पुँजीपतिको चौकीदारबाहेक केही हुन सक्दैन भत्रे कुरा अमेरिका, युरोपजस्ता पुँजीवादी देशहरू र नेपालजस्तो दलाल पुँजीवादी देशमा भएका सङ्कटपूर्ण अवस्थालाई परिचालन गर्ने व्यवहारबाट पुष्टि हुन्छ । सरकारका निर्णयहरू, सत्ताप्रमुखका आग्रहहरू, पुँजीवादी मुनाफा, स्वार्थ, कमिसन र अभिमानका अगाडि रद्दीको टोकरीमा फालिएका छन् ।

दलाल पुँजीवादी उत्पादन सम्बन्ध भएको नेपालमा कोरोना भाइरसको महामारीलाई हरेक क्षेत्रमा भ्रष्टाचार, कमिसनखोरी र दलालीको काममा उपयोग गर्ने प्रक्रिया सुरु गरियो । यसमा मन्त्री मात्र होइन, स्वयम् प्रधानमन्त्रीको लज्जास्पद र घृणित संलग्नता र सहभागिता भएको देखापर्यो । यही महामारीका कारण कोसोभोमा सरकार बदलियो, नेपालमा सरकारी संयन्त्र निकम्मा हुन पुग्यो । सामाजिक सद्भाव, संवेदना र नैतिक आचारणको खडेरी दलाल पुँजीवादी व्यवस्था भएका देशहरू, खासगरी नेपालमा छताछुल्ल अवस्थामा देखापर्यो । यति हुँदाहुँदै पनि ‘दलाल पुँजीवादलाई अङ्कमाल गरौँ’ भत्रे सरकारी बुद्धिजीवीहरूको कमी नेपालमा छैन ।

कोरोना सङ्क्रमणको त्रासले स्वविवेकमा एकान्तबासको विधि अपनाउन बाध्य बनेका नेपालीको व्यवहारलाई नेपालका सामाजिक दलाल पुँजीवादी सरकारले सरकारको सजगताका कारण कोरोना नियन्त्रणमा रहेको हावादारी दाबी गर्दै आएको छ । सामान्यतया पुँजीवादी नैतिकतासम्म पालन गर्न नसकेर देशभित्र प्रवेश गरेका नागरिकलाई विदेश पठाउने, भारतबाट घर फर्कंदै सीमामा आइपुगेका जनतालाई प्रवेश गर्न रोक लगाउने र सामान्य उपचार गर्न पनि नसक्ने सरकारले कोरोना रोकेको हल्ला गर्नु लाज पचाउने प्रयत्नबाहेक केही हुन सक्दैन । खुला सीमा रहेको भारतबाट नेपालीलाई देशभित्र आउन नियमित गरी हरेक सीमा–नाकाहरूमा आउनेबित्तिकै स्वास्थ्य परीक्षण गर्ने, एकान्तबासको व्यवस्था गर्ने र सङ्क्रमण भएकाहरूको उपचार गर्ने व्यवस्था गरेको हुन्थ्यो भने सबै प्रकारका जोखिम मोलेर नेपालीले सरकारी अपिलबाट बेपत्ता हुनुपर्ने अवस्था आउँदैनथ्यो । यसले कोरोना फैलने सम्भावना पनि रोकिन सक्थ्यो । तर सरकारी गलत हठका कारण एकातिर तमाम नेपालीले महाकालीमा पौडने, निकुञ्जमा रातबिरात हिँड्ने, काठमाडौँ, पोखरालगायत सहरबाट देशका कुनाकुनामा पैदल यात्रा गर्नुपर्ने र गाउँमा प्रवेशपछि स्वास्थ्य जाँच नै नगर्ने अवस्था बन्यो र अर्कोतिर क्वारेन्टाइनमा थुपारिएकाहरूको जीवन जोखिमयुक्त बत्र पुग्यो ।

नेपाल, भारतजस्ता देशहरूमा कोरोनाको प्रकोप अमेरिका र युरोपभन्दा कम देखिनुमा कोरोना भाइरसको चरित्र र यहाँका मानिसमा भएको परम्परागत सांस्कृतिक बानीबेहोराबीचको अन्तरविरोध हो भत्रे देखिन्छ । नेपालमा कोरोनाको प्रकोप युरोप र अमेरिकामा जस्तै फैलनबाट रोकियो भने त्यसको मुख्य कारण प्रायः सबै समयमा हातखुट्टा धोएर घर पस्ने, भीडभाडबाट प्रायः अलग हुनुपर्ने र खानपानमा भड्किलोपना नहुने र राम्रो गरी पकाएर खाने, जडीबुटीयुक्त मसलाहरूको प्रयोग हुने र मुख्य गरी विकसित देशहरूको तुलनामा विश्वसँगको व्यापारिक र व्यावहारिक सम्पर्क अत्यन्त न्यून रहनु नै हुनेछन् । यिनै कारणहरूले रोगको सङ्क्रमण, फैलावट र आक्रमण कम भएको हुन सक्छ । नेपाली र भारतीय सभ्यताका यी व्यवहारहरू कोरोनाको पुनर्प्रजननका लागि प्रतिकूल हुन् । अहिले विश्वमा कोरोनाबाट बच्नका लागि यिनै व्यवहारहरूलाई व्यवस्थित रूपमा अपनाइएको छ र प्रचार गरिएको छ ।

सामाजिक प्राणी मानिसका लागि ध्यान दिनुपर्ने विषय बेग्लै छ । आखिर संसारका मानिसहरू सबै मानव जाति नै हुन् तर विभित्र देशहरूमा मानिसको चरित्रमा किन असमानता देखिन्छ ? तीन प्रकारका उत्पादन सम्बन्धहरू : समाजवादी उत्पादन सम्बन्ध, पुँजीवादी उत्पादन सम्बन्ध र सामन्ती तथा दलाल पुँजीवादी उत्पादन सम्बन्ध भएका देशका मानिसहरूमा तीन प्रकारका चरित्रहरू : जनसेवी, मुनाफाखोरी र दलाली तथा कमिसनखोरी किन देखापरे ? यसको जबाफमा धेरै मानिसहरू सहज रूपमा पुँजीवादी समाजको सतहमा देखिने सम्पत्ति र सुविधाको प्राप्ति र अभावका एजेन्डाहरू अघि सार्न तम्सनेछन् । यसका पछाडि मानिसको सोचाइ, क्षमता र उत्प्रेरणाको अभावको विषय पनि आउन सक्छ । तर यी विषयहरू सापेक्षित सत्य मात्र हुन् । वास्तविक विषय धेरै फरक छ । यसको पछाडिको मुख्य कारण भनेको समाजको ढाँचा हो, राजनीतिक व्यवस्था हो । समाजवादी राजनीतिक व्यवस्था र पुँजीवादी राजनीतिक व्यवस्था यसका मुख्य कारण हुन् । पुँजीवादी राजनीतिक व्यवस्थामा सबै विषयहरूलाई ‘मुनाफा पहिला’ भत्रे मान्यताबाट हेरिन्छ । त्यसकारण अमेरिका र युरोपका पुँजीपतिहरूले घातक रोगबाट देशमा हुने क्षति, जनधनको नोक्सन र विश्वभर त्यसको नकारात्मक प्रभावको कोणबाट होइन, कति मुनाफा पैदा गर्ने भत्रे कोणबाट हिसाब गरेको देखिन्छ । पुँजीवादी मान्यतामा मानवीय नैतिकता, सामाजिक न्याय, सामूहिक अधिकारलाई बजारमा बिक्री गर्ने वस्तुका रूपमा लिने गरिन्छ । पुँजीवादी समाजमा मानिसका सामाजिक क्षमताहरूलाई मुनाफाका लागि बजारमा बिक्री गर्ने व्यक्तिगत उत्पादनका रूपमा प्रयोग गरिन्छ । सबै तथ्यहरूले स्पष्ट गरेको विषय हो– पुँजीवाद भनेको मानव जातिका लागि शान्ति, समृद्धि र प्रगतिपूर्ण उपकार गर्ने योेजनाबद्ध सामाजिक व्यवस्थाभन्दा मुठीभर पुँजीपति वर्गको सिङ्गो मानव जातिमाथि लुटपाट गर्ने र मुनाफाका लागि स्वचालित रूपमा परिचालित हुने स्वच्छन्दकारी सङ्कुचित व्यवस्था हो । पुँजीवादी संस्कृतिमा विशिष्ट प्रकारका विकृतिपूर्ण गुणहरू पैदा हुन्छन् । मानिसहरूमा स्वार्थी, व्यक्तिवादी, अक्षम, निकम्मा, आत्मकेन्द्रित, विश्वासघाती, अमानवीय, झगडालु, अरूमाथि दोष थोपर्ने, जिम्मेवारीबाट पन्छनेजस्ता प्रवृत्तिहरू पुँजीवादका विशिष्ट गुणहरू हुन् । दलाल पुँजीवादी समाजमा पुँजीवादी समाजमा देखिने विकृतिको अलावा दलाली र कमिसनखोरी देखा पर्छन् तर पुँजीवादी तथा दलाल पुँजीवादी समाजको ठीक विपरीत समाजवादी आधार भएका देशहरूमा नैतिकता, लगनशीलता, इमानदारी र जनउत्तरदायीपन सांस्कृतिक रूपमा विकास भएको हुन्छ । देशका कुनै पनि नागरिकको समस्यालाई आफ्नो समस्याका रूपमा हेर्ने सामाजिक रुझान बनेको हुन्छ ।

सुरुका दिनहरूमा चिनियाँ जीवनलाई अस्तव्यस्त पारेको कोरोना प्रकोपले विश्वका सबै सरकारहरूलाई प्रशस्त सोच्ने र सिक्ने मौका दिएको थियो । वास्तवमा कोरोना कति भयावहपूर्ण भाइरस रहेछ भत्रे कुराको गहिराइ चीनमा भएको समस्याबाट मात्र दुनियाँले बुझ्न सकिरहेको थिएन किनकि चीनमा जुन प्रकारले यसको नियन्त्रण गर्न बृहत् जनपरिचालन गरियो, जुन प्रकारको जनतामा एकता र अनुशासनको प्रदर्शन भयोे, जसरी सरकारी संयन्त्र, कम्युनिस्ट पार्टी, चिकित्सकहरूको दस्ता परिचालित भयो, जसरी मानिसको जीवनप्रतिको मूल्यबारे सरकारी नैतिकता र व्यवहार गरियो, त्यसले दुनियाँलाई कोरोनाको जटिलता बुझ्ने मौकासम्म दिएन । यसको भयावहपूर्ण चरित्र त्यति बेला विश्वका अगाडि प्रस्ट भयो जब यसले इटाली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी, अमेरिकालगायत देशहरूलाई तहसनहस बनायो र उनीहरूको काबुभन्दा बाहिर गयो ।

समाजवादी धरातल भएका देशहरूमा जनताका बीचमा जुन प्रकारले एकता, अनुशासन र संयम देखापर्यो, त्यो समाजको चरित्रको अभिव्यक्ति हो । मानवीय हितका लागि पुँजीवाद निकम्मा भएको छ । पुँजीवादी निकम्मापनका कारण अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत, जर्मनीलगायत देशहरूमा ठूलो सङ्ख्यामा मानिसहरूको दुःखद् मृत्यु हुन पुग्यो । हुनत मुनाफामा पहिला भत्रे पुँजीवादले दीर्घरोगी, उमेर पुगेका र उत्पादनमा भाग लिन नसक्ने अत्यधिक मृत नागरिकका सन्दर्भमा जीवनभर सामाजिक सुरक्षा दिनुभन्दा राज्यकोषको बचत होस् भत्रे ट्रम्प प्रशासनले सोचेको पनि हुनसक्छ । समयमै ध्यान नदिने हो भने दुई लाखसम्म ज्यान जानसक्ने जोखिम रहेको ट्रम्पकै सल्लाहकार र विज्ञहरूको सुझाव लत्याएको तथ्य अमेरिकी सञ्चारमा आउनुले नाफाकै लागि लाखौँको ज्यान लिन युद्ध थोपर्ने साम्राज्यवाद यो कर्तुतबाट अछूत रह्यो होला भत्र सकित्र । विश्वमा आएको कोरोना प्रकोप र यसको कसीमा जाँचिएको पुँजीवाद अब पूर्ण रूपले मृत भएको पुष्टि भएको छ । पुँजीवादी दर्शन र प्रयोगको केन्द्र रहेको युरोप र अमेरिकामा जुन अवस्था देखियो त्यसले स्पष्ट गरेको छ– पुँजीवादको अवसान भएको छ, मृत्यु भएको छ । अब दुनियाँमा पुँजीवादको अन्त्य र समाजवादको आवश्यकताको बहसको मात्र होइन, समाजवादको स्थापनाको आवश्यकता पनि मुखरित भइसकेको छ । पुँजीवादी युग वास्तवमा मरणासत्र होइन, सडेगलेको मात्र पनि होइन, नैतिक रूपले यो मृत भैसक्यो र यसलाई चिहानमा दबाउन मात्र बाँकी रहेको अवस्था पैदा भएको छ । यतिबेला विश्वका सबै क्रान्तिकारी जनताले विशेष ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :