बमबार्ड द हेडक्वाटर्स !

कविता

जब–जब
आड लिएर– कम्युनिस्ट पार्टीको घोषणापत्र
मजदुरहरूमाथि थोपरिन्छ अत्याचार
भन्नैपर्ने हुन्छ–
बमबार्ड त हेडक्वाटर्स !

जब–जब
तस्बिरको आडमा– माक्र्स–एङ्गेल्सहरूको
थोपरिन्छ श्रमजीवीमाथि यातना
बोल्नैपर्ने हुन्छ –
बमबार्ड द हेडक्वाटर्स !

जब–जब
आडमा– हँसिया–हथौडा अङ्कित लालझन्डाको
भुइँमान्छेहरूप्रति अन्याय थोपरिन्छ
चिच्याउनैपर्ने हुन्छ–
बमबार्ड द हेडक्वाटर्स ।

जब–जब
वर्गविहीनताको आवरण
तर नेतृत्व फेरिँदै जान्छ
पुँजीपतिको निम्नकोटीको दलालमा
स्वर उचाल्नैपर्ने हुन्छ
र भन्नैपर्ने हुन्छ–
बमबार्ड द हेडक्वाटर्स !

हो ! जब–जब
नाउँमा– मजदुर–किसान–सर्वहाराको
थोपरिन्छ सर्वसत्तावाद तर ठालु र कुलीनहरूको
आह्वान गर्नैपर्ने हुन्छ–
बमबार्ड द हेडक्वाटर्स !
बमबार्ड द हेडक्वाटर्स !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :