श्रमिकहरूलाई नेकपाको राहत


दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले लकडाउनका कारण श्रमिकलाई जीविकोपार्जन गर्न गाह्रो परेपछि राहत वितरण गरेको समाचार प्राप्त भएको छ ।

समाचारमा जनाइएअनुसार नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराही उपमहानगरपालिका वडा न १ मालेका २१ घरधुरीलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरेको हो । घोराही उपमहानगरपालिकाको दुर्गममा रहेको मालेका श्रमिकलाई सरकारले कुनै किसिमको सहयोग नगरेकाले खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण गरिएको जानकारी नेकपाका घोराही नगर इन्चार्ज जनकले दिए ।

इन्चार्ज जनकले भने, ‘श्रमिकहरु रोग र भोकले थलिँदा पनि सरकारका कुनै पनि निकायले वास्ता गरेनन् । भ्रष्टाचार र कमिसनको खेलमा लिप्त भए । यो नेपाली जनताका लागि दुर्भाग्य हो ।’

राहत वितरणका लागि एरिया नं. ४ का सेक्रेटरी वीरबल, मजदुर सङ्गठनका संयोजक सन्देशलगायत पार्टी कार्यकर्ता पनि सहभागी रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :