कोरोना कहर : नेपालमा संक्रमण बढ्न थालेपछि भारसँगको सिमानाका बन्द

काठमाडौँ : भारतमा कोरोनाको प्रकोप सामान्य नहुँदासम्मको लागि सीमा क्षेत्रको आवात जावत बन्द गरिएको छ । लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हो । नेपाल र भारत दुवै देश लकडाउनमा रहेपनि सिमाक्षेत्रबाट भारतियहरु पैदल हिडेर नेपाल प्रवेश गरेपछि कोरोनाको जोखिम बढेको भन्दै नेपालमा त्रास फैलिएको थियो । सरकारले चैत्र ११ गते देखी शुरु गरेको लकडाउन मंगलबार तेस्रोपटक थप गरेको हो ।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ । यस अघि बैशाख ३ गते सम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । छिमेकी देश चिन र भारतमा कोरोनाको प्रकोप फैलिसके पनि नेपालले समयमा सीमा नाका बन्द गर्ने, अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र विदेशबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा नराखेकोले नेपालमा पनि संक्रमितहरु देखा पर्न थालेका हुन् । अहिलेसम्म १६ जनाका कोरोना संक्रमण देखापरेकोले समयमै उचित कदम नचालेको भन्दै सरकारकाेआलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :