नेपाल कम्युनिस्ट पार्टीद्वारा मार्कनटाइल कब्जा

Jagga

भीमबहादुर खड्का/चितवन/असार १९  : नेपाल कम्युनिस्ट पार्टी, चितवनले आज बिहान ९ बजे खैरहनी नपास्थित (साविक कुमरोज) गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिगाहा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । जग्गा कब्जा गर्नुका कारण के हो भनी राखिएको प्रश्नको जवाफमा जिसीले भनेः विगतदेखि वर्तमानसम्म निरन्तर जग्गा कब्जामा रहेको र केही भ्रष्ट र भू–माफिया र तिनका मतियारहरुले किनबेच गर्र्न चलखेल गरिसकेपछि यसलाई रोक्नका लागि वा यसको प्रतिकारको लागि उक्त कदम चालिइएको हो । यदि किनबेच गरिएमा नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै कदम चाल्न सक्न सक्ने पार्टीको चेतावनी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :