कोरोना संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौँ : कोरोनाभाइरसको संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको अवस्था क्रमिक सुधार हुँदै गएको छ । कोरोना संक्रमण पछि स्वास्थ्यमा गम्भिर समस्या हुँदा जोनसनलाई आइतबार अस्पताल भर्ना गरेर सघन उपचार कक्षमा राखिएको थियो । लण्डनको टमसेज अस्पतालमा उपचार गराईरहेका जोनसनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनको उपचारमा खटिने चिकित्सकहरुले जानकारी दिएका छन् । कोरोना संक्रमणको लक्षण देखिएको १० दिनपछि जोनसनलाई अस्पताल पुर्याइएको थियो । त्यस अघि जोनसन सेल्फ क्वारेनटाइनमा बसेका थिए । जोनसनको स्वास्थ्यमा सुधार आएपछि बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्कीएर निको हुने बाटोमा लागेको कुराले एनएचएसका कर्मचारीले विश्वस्तरीय सेवा दिएको दाबी गरेका छन् । जोनसनलाई भाइरस संक्रमण भएर अस्पताल भर्ना भएपनि बेलायती महारानीले स्वास्थलाभको कामना गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :