सरकारले वास्ता नगरेपछि नेकपाले वितरण गर्यो विपन्नहरूलाई खाद्य सामग्री

फाइल तस्बीर

बझाङ : नेपाल कम्युनिस्ट पार्टीले सुदूपश्चिमस्थित बझाङ जिल्लामा कोरोना सङ्क्रमणबाट प्रभावित ज्यालादारी गरेर बाँच्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ ।

जिल्लाको थलारा गाउँपालिकाका गरिब तथा विपन्न परिवारहरूलाई नेकपाका कार्यकर्ताहरूले दाल, चामललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरेको समाचारमा जनाइएको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण गरिब र विपन्न समुदायको घरमा खाद्यान्नको अभाव भई चुलोमा आगोसमेत नबलेको र गाउँपालिकाले वडाबासीहरूको पिरमर्का नबुझेको भन्दै नेकपाले थलारा गाउँपालिकाका वडा नम्बर १ र २ का ७० परिवारलार्ई खाद्य सामग्री वितरण गरेको जनाइएको छ ।

बाहिरबाट भित्रिनेहरूको सङ्ख्या धेरै भए पनि कोरोनाविरुद्ध लड्न प्रयोग गरिने स्वास्थ्य सामग्री अभाव रहेको छ । जिल्ला अस्पतालमा मात्र थर्मल गन रहेको र अत्यावश्यक स्वास्थ्य सामग्री अभाव रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :