बाबुरामको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन नेकपाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा पाल्पा घर भई रुपन्देहीको सैनामैना बस्दै आएका बाबुराम थापाको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीमाथि कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै बुटवलमा चैत १६ गते कोरोना सङ्क्रमणको आशङ्कामा तत्काल उपचार नपाएर थापाको मृत्यु भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले विज्ञिप्तमा कोरोना नियन्त्रणका लागि आएको पीपीईलगायत औषधी तथा सम्पूर्ण मेडिकल सामग्री कथित जनप्रतिनिधिहरुले प्रयोग गर्नु र अस्पताल एवं स्वास्थ्यकर्मीहरुलाई उपलब्ध नगराई सामग्री अभावका कारण र अस्पतालको लापरवाहीले निजको मृत्यु भएको बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन, ‘प्रदेश कार्यालय समेत रहेको स्थानमा थोरै मात्र रहेका सङ्क्रमितहरुको पनि उपचार हुन नसक्नु र विरामीलाई उपचार वा रिफर गरेर जीवनरक्षा गर्ने दायित्वबोध नगर्नु सामान्य कमजोरी मान्न सकिँदैन ।’ कोरोना विशेष भनिएको अस्थायी अस्पताल पर्याप्त साधनस्रोतविहीन, स्वास्थ्यकर्मीलाई सुरक्षा र मेडिकल सामग्रीहरु उपलब्ध नगराउनु र बिरामीहरुप्रति संवेदनहिन बन्नु राज्यको गैरजिम्मेवारी भएको बताउँदै इन्चार्ज सङ्गमले मृतक बाबुराम थापाको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गरेका छन् । साथै बिज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट सचेत रहन रुपन्देही जिल्लाबासी सम्पूर्ण जनसमुदायहरूलाई हार्दिक अपील समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :