नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

मजदुर आन्दोलन र मुक्तिको प्रश्न : थापा

BK THAPA
विनोद थापा
इतिहास रच्नेक्रममा विश्वमा पुँजीवादका विरुद्ध सशक्त संघर्ष गर्दै आइरहेको श्रमजीवी मजदुर वर्ग अहिले पनि अनवरत संघर्ष गरिरहेको छ । दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाको लागि आफ्नो ऊर्जाशील जीवनलाई क्रान्तिमा समर्पण गर्दै अन्याय अत्याचारको विरुद्ध मुख्यतया अधिकार र मुक्तिको निम्ति मोर्चाबन्दी गर्दै उद्योग कलकारखानामा विजयको झन्डा फहराउन दृढ संकल्पित छन् । दलाल पुँजीवादको एकछत्र राजलाई तोड्दै शोषण र दमनका विरुद्ध अझै पनि लडिरहेका छन् । नेपालका श्रमजीवी मजदुर वर्गले चरम सामन्ती शोषणका विरुद्ध संघर्ष गरे । महजदुरहरूको हक अधिकारका लागि मजदुर विरोधी श्रम ऐन कानुनको विरुद्ध चरणबद्ध संघर्ष गरिरहेका छन् । विश्वमा जनवादी क्रान्तिहरू मजदुर वर्गको सहभागितामा भएको थियो । २१औं शताब्दीका श्रमजीवी मजदुरहरूको विकसित चेतनास्तरले राज्यलाई बदल्न सकिन्छ । भौतिकवादी दृष्टिकोणबाट हेर्ने हो भने संसारभरि दुई राजनीतिक प्रणालीहरू विद्यमान रहेको छ ः (१) पुँजीवाद (२) अर्को समाजवाद । पुँजीवादी व्यवस्थामा मजदुरहरू मालिकको केवल दासको रूपमा मात्र काम गरिरहेको हुन्छ । पुँजीपतिले मजदुरहरूको अतिरिक्त श्रम शोषण गर्ने र अत्यधिक मुनाफा आर्जन गर्ने निजी सम्पत्ति थुपार्ने मात्र उसको उद्देश्य हुन्छ भने समाजवादमा श्रमको सम्मान गर्ने क्षमताअनुसारको काम, कामअनुसारको दाम र मामको व्यवस्था हुन्छ भने मजदुर र मालिकबीचको विभेद अन्त्य हुन्छ । सम्मानपूर्वक जीवनयापन गर्नसक्ने र विशेषतः श्रमको उच्च कदर गर्ने व्यवस्था नै वैज्ञानिक समाजवाद हो । यो व्यवस्था प्राप्त गर्नको निमित्त दलाल पुँजीवादी संसदीय व्यवस्था फ्याँक्न क्रान्तिकारी संगठन र निर्णायक विद्रोह वा भीषण संघर्षले मात्र समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ । सामन्तवादको गर्भबाट पुँजीवादको जन्म भयो । अब पुँजीवादको ठाउँमा समाजवादले अवश्य पनि ठाउँ लिन पुग्दछ । त्यसैले आफ्नो मुक्तिको लागि मजदुर वर्गले रणनीति स्वतन्त्रताको बाटोबाहेक अर्को लिन सक्दैन भन्ने लेनिनको भनाइलाई आत्मसात गर्नुपर्दछ । नेपालको मजदुर आन्दोलनको समस्यालाई दुई भागमा बाँडेर हेर्न सकिन्छ । एउटा आर्थिक पक्ष दोस्रो रणनीतिक पक्ष । आर्थिक पक्ष मजदुरहरूको हक अधकारसित सम्बन्धित छ । मजदुरमाथि शोषण छ दमन छ, उत्पीडन प्रवल अवस्थामा छ । उनीहरूलाई बढ्दो महंगीको अनुपातमा ज्याला उचित तलव सेवा सुविधा पाइराखेका छैनन् । औषधी उपचारबाट बञ्चित छन् । राजनीतिक रूपमा मजदुर संगठनभित्र सुधारवाद अर्थवाद वर्गसमन्वयवाद व्याप्त देखिन्छ । दलाल ट्रेड युनियनहरूले केवल मजदुरहरूलाई आफ्नो फाइदाको लागि मात्र प्रयोग गरिरहेका छन् ।

MAY DAY

मजदुर आन्दोलनलाई क्रान्तिकारी आन्दोलनमा उठाउन विशाल पंक्ति नेपालमा छन् । त्यस पंक्तिलाई रक्षा गर्न संगठनको दायरामा ल्याउन सकेमा मजदुर आन्दोलन नयाँ शिक्षा लिनेछ । यतिखेर मजदुरभित्रको क्रान्तिकारी धारा र सुधारवादी धाराको तीव्र संघर्ष भैरहेको छ । क्रान्तिकारी मजदुरहरू सुधारवादी धाराबाट विद्रोह गर्ने र सत्यको पक्षमा अगाडि बढ्ने प्रयत्न गरिरहेका छन् । हामी माक्र्सवाद, लेनिनवाद, माओवादी धारासँगै नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा मार्फत् अगाडि बढ्ने कोशिस गरिरहेका छन् । अहिलेको श्रमजीवी मजदुर वर्गको मुख्य समस्या भनेको नेपालमा औद्योगिकरणको विकास नहुन धेरै श्रमशक्ति कामको लागि विदेश जानुपर्ने वाध्यता हुन स्वदेशमै काम गर्ने अवसर नपाउनु नै अहिलेको समस्या हो । नेपालको श्रम बजारमा श्रमजीवी मजदुर वर्ग झन्डै ६.५०% अर्थात् १८ लाखको हाराहारी संगठित असंगठित क्षेत्रमा कार्यरत छन् । एक तथ्यांकअनुसार नेपालको औद्योगिक क्षेत्र निजीकरण र उदारीकरणमा गएसँगै उद्योग कलकारखाना घरायसी बने श्रमिकहरू विस्थापित बन्न पुगे । नेपालको श्रमक्षेत्र ध्वस्त हुन पुग्यो । अहिले नेपाली मजदुहरू टुक्रे उत्पादन गर्ने फ्याक्ट्री कलकारखानामा काम गर्न वाध्य छन् । दलाल पुँजीपतिको चरम शोषणको मारमा परेको मजदुरहरू फेरिपनि राज्यले दासत्व जीवन जिउन वाध्य बनाउने षड्यन्त्र स्वरूप हालै दलाल सरकारले औद्योगिक व्यवस्था सम्बन्धी विधेयक २०७३ सदनमा पेस गरी ऐनको रूपमा ल्याउने तयारी गरिरहेको छ । उक्त मजदुरमारा विधेयक विरोधमा मजदुरको पक्षमा खडा रहेका अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कड विरोध गर्दै संघर्षका कार्यक्रमहरू अगाडि बढाइरहेको छ । घोर दक्षिणपंथी मजदुर विरोधी ट्रेड युनियन महासंघले कडा विरोध गर्दै संघर्षका कार्यक्रमहरू अगाडि बढाइरहेको छ । घोर दक्षिणपंथी मजदुर विरोधी ट्रेड युनियनहरूले लिखित रूपमै विधेयक समर्थन ग¥यो । हायर एण्ड फायर, नो वर्क नो पे जस्ता मजदुर विरोधी ऐनको पक्षमा संशोधनवादी टे«ड युनियनहरू चुपचाप बसे । माकेको अखिल नेपाल ट्रेड युनियन महासंघ एमाले समर्थित जिफन्ट, कांग्रेसको ट्रेड युनियन कांग्रेस लगायतका संगठनहरूले ऐनका पक्षमा वकालत गरिरहेका छन् । संसद्वादी दलभित्र रहेका अधिकांश नेताहरूको कहीं न कहीं उद्योग तथा कल कारखानामा लगानी रहेको छ, त्यसकारण व्यवसायी रक्षाको नाममा पुँजीवादी हर्कतहरू प्रदर्शन गरिरहेका छन् । संसारभरि नै प्रचलिन ट्रेड युनियन अधिकारको सम्म हनन् गराउने प्रपञ्चमा संसद्वादी दलाल ट्रेड युनियन लागेको छ । सर्वहारा श्रमजीवी मजदुर वर्गको अधिकारको लागि समर्पित रहेको भन्ने सत्ताको दुरूपयोग गर्ने खेलमा अभ्यस्त छन् । नेपाली श्रमिक मजदुरहरूको अवस्था हेर्दा अहिलेसम्म संसद्वादी सत्ताले आफ्नो राजनीतिक स्वार्थको भ¥याङको रूपमा मजदुर वर्गलाई खाली प्रयोग गरे मात्र । मजदुरहरूको काँधमा बुई चढी सिंहदरबारको यात्रामा तल्लीन दलका नेताहरूको आफ्नो निहीत स्वार्थले गर्दा नै मजदुर संगठनले गति ्राप्त गर्न नसकेको हो । पटक–पटक श्रम ऐन कानुन मजदुरको पक्षमा बनाउन हाम्रो संगठनले दबाब सिर्जना गर्दै आइरहेपनि सरकारमा रहेको ट्रेड युनियनले अवरोध गरेका छन् । राज्यले मजदुरहरूको सामाजिक सुरक्षा कोष खडा गरी प्रति मजदुर १% कर काटी जम्मा गरेको अरबौं पैसा त्यत्तिकै रहेको छ । सो रकमको सही सदुपयोग भइरहेको छैन । त्यस रकमको खोजी गर्न र मजदुर हितमा प्रयोग गर्न सशक्त दबाब दिन जरुरी छ । संशोधनवादी कित्तामा खडा भएका मजदुर संगठनले यही दलाल व्यवस्थाभित्र मुक्ति सम्भव छ भनी भ्रम छरिरहेका छन् । यसको चौतर्फी भण्डाफोर गर्नुपर्छ । गणतन्त्र आएको देशमा मजदुर शोषणको भद्दा रूपमा ज्यालादारी, ठेकेदारी, करार प्रथा कायमै छ । यसको अन्त्यको लागि मजदुर आन्दोलनले निर्णायक भूमिका आफूलाई अगाडी बढाउन जरुरी देखिन्छ । यसको लागि मजदुर वर्गले गर्ने निर्णायक रूप लिन संगठन, संघर्ष र अधिकारको लागि बढी गम्भीर भई संगठनको भौतिक ताकतद्वारा सबै खराबीलाई चिर्नुपर्दछ । स्वभाविक रूपमा कुनै निश्चित विन्दुसम्म विकसित भएको मजदुर वर्गको एउटा पूर्ण संगठनको अपेक्षा राख्दछ । जुन ठाउँमा श्रमजीवी मजदुर वर्गले शासक वर्गको सामूहिक शक्ति अर्थात् गलत रणनीति सत्ताका विरुद्ध निर्णायक अभियान चलाउन सक्नेगरी आफ्नो संगठन अगाडि बढाइरहेको हुँदैन, उक्त सत्ताविरुद्ध निरन्तर आन्दोलन गर्न त्यसको लागि श्रमिक मजदुरहरूलाई हर हालतमा प्रशिक्षित पार्नुपर्दछ । यहाँ गैर–सरकारी संस्था र अन्तर्र ाष्ट्रिय गैर–सरकारी संस्थाको रूपमा गठन हुने ट्रेड युनियनलाई मजदुर संगठन भन्न मिल्दैन किनभने मजदुरको जल्दाबल्दा समस्याहरूको समाधान गर्ने महान् उद्देश्यको साथ अगाडि बढ्ने क्रान्तिकारी संगठनको आवश्यक रहेको छ । माओले भन्नुभएझैँ क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन सक्दैन । अहिलेको मजदुर आन्दोलन र मजदुर वर्गको वर्गीय धरातल चेतनाको स्तरलाई हेर्ने हो भने ऐतिहासिक सर्वहारा मजदुरको ठाउँमा आधुनिक श्रमजीवी मजदुरले ठाउँ लिएको छ । हिजोको युगमा परम्परावादी मेसिन औजारको सहयोगमा श्रमिकहरूले काम गर्नुपर्ने अवस्था थियो भने अहिले अत्याधुनिक मेसिन औजार विभिन्न उपकरणको सहायताले विश्व बजारमा मजदुरहरूले काम गर्दैछन् । सूचना प्रविधिको विकाससँगै श्रमशक्ति पनि विभाजित हुन पुगेको छ । शारीरिक श्रम, मानसिक श्रम र बौद्धिक श्रममा मानिस रूपान्तरिक भइरहेको छ । यस्तो बदलिंदो परिवेशमा मजदुर संगठनलाई पुरानो ढर्राबाट मात्र विश्लेषण गर्ने होइन, निरन्तरतालाई क्रमभंग गरी नयाँ शिराबाट मजदुर संगठनलाई उठाउनुपर्दछ । मजदुर संगठनहरू रूपमा हेर्दा उनका गतिविधि सुधावाद जस्तो देखिए पनि सार पक्ष भने अर्कै हुन्छ । मजदुर संगठनको विशेषता श्रम ऐन कानुनसँग जोडिएको हुन्छ । बुर्जुवा व्यवस्थाले अख्तियारी गरेको कानुनी आधारमा मजदुर संगठन अगाडि बढाउने देखिएता पनि यसलाई क्रान्तिकारी आन्दोलनमा रूपान्तरण गर्ने मजदुर नेताहरूको कुशलतामा निर्भर रहन्छ । नेपालको उद्योग कलकारखानाहरू सहरकेन्द्रित रहेको हुँदा मजदुर संगठनले सहरी संघर्षलाई बढी ध्यान दिनुपर्दछ । ध्यान दिने जोड गर्ने सवालमा देशैभरि छरिएर रहेका मजदुरहरूलाई एउटै ालामा गाँस्नको निम्ति पेशागत माग, पेशाभित्रका अन्तरविरोधसम्मलाई ख्याल राखी मजदुरहरूको वास्तविकतालाई बुझ्नुपर्दछ । अहिलेको २१औं शताब्दीमा पुँजीवादको बढ्दो प्रभावको कारण उपभोक्तावादी सोच चिन्तन मजदुर संगठनमा मौलाउन सक्छ । यस्ता सोचलाई समयमै निर्मूल पार्नुपर्छ । नेपालको सन्दर्भमा पूर्ण औद्योगिक रूपमा देश विकास हुन सकेको छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता पुरानो प्रणाली नै हो । वर्तमान अवस्थामा मजदुरहरूको विरोधी को हुन्, सचेत मजदुरहरूले पत्ता लाउन आवश्यक छ । कुन राजनीतिक पार्टीले साँच्चैको मजदुर हितमा काम गरेको छ । कसले चाहिँ गरेको छैन । यो विषयमा गम्भीर हुनपर्ने अवस्था छ । इतिहास एक्लो वीरबाट निर्माण हुन सक्दैन । सामूहिक प्रयत्नबाट सबै समस्याहरूको समाधान गर्न सकिन्छ । हाम्रो महान् गुरु आदरणीय माक्र्सले विश्लेषण गर्दाको मजदुर वर्गको अवस्था कस्तो थियो भने औद्योगिक सर्वहाराको विकास भर्खरै हुँदै थियो । त्यो क्रान्तिकारी सर्वहारा थियो । माक्र्सको पालामा मजदुरहरू कमै बिग्रेका हुन्थे भने भने मजदुर नेताहरू थोरै बिग्रेका थिए तर अहिले मजदुरहरू पनि संगठनको सवालमा अधिकारको विषयमा सचेत हुँदाहुँदै पनि उदासीन बन्न पुगेका छन् ।
अधिकार मागेर पाइने विषय होइन । यसलाई खोस्नुपर्छ । यसको एक मात्र अस्त्र भनेको संगठन हो, संगठनको बलबाट जुनसुकै व्यवाधानलाई परास्त गर्न सकिन्छ । यतिखेर नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण मजदुर वर्गलाई आशाको रक्तसंचार गरिदिएको छ । प्रतिक्रान्तिकारीको विरुद्ध क्रान्तिकारी हस्तक्षेप वैचारिक राजनीतिको सु–स्पष्ट विचार अगाडि सारेको छ । समस्यबाट भागेका, क्रान्तिबाट बिचलित भएका वर्गसंघर्षलाई बिचबाटोमै छोड्नेहरूको विरुद्ध एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ भन्ने अठोटको साथ संगठनमा तीव्रता ल्याउने उत्पीडित श्रमजीवी जनताको एक मात्र अभिभावकत्व ग्रहण गरेको छ । त्यसैकारण एकीकरणमा हैन, क्रान्तिकारी ध्रुवीकरणमा विश्वास, अलमलमा र अन्यौलतामा परेको सम्पूर्ण श्रमिक मजदुरहरूलाई नयाँ अध्यायको सुरुआत गर्न र हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ हार्दिक अपिल गर्दछ । इतिहास जित्नेहरूको लेखिन्छ । फेरि एकचोटी इतिहास रच्ने अध्यायमा सामेल बनौ, अधुरो क्रान्तिलाई पूर्णतामा लैजाऔँ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!