कोरोना विशेष अस्पतालमा उपचार नपाएर बिरामीको मृत्यु

दोषीमाथि कडा कारबाही हुन्छ : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले रूपन्देहीको सैनामैना बस्दै आएका पाल्पाका बाबुराम थापाको बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्युप्रकरणबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बुटवलमा चैत १६ गते कोरोना सङ्क्रमणको आशङ्कामा तत्काल उपचार नपाएर थापाको मृत्यु भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र सत्य घटना सार्वजनिक नगरिए दोषीमाथि कारबाही गरिने चेतावनी दिएका हुन् ।

सङ्गमको विज्ञप्तिमा कोरोना नियन्त्रणका लागि आएका पीपीईलगायत औषधी तथा सम्पूर्ण मेडिकल सामग्री कथित जनप्रतिनिधिहरूले प्रयोग गर्नु र अस्पताल एवम् स्वास्थ्यकर्मीहरूलाई उपलब्ध नगराई सामग्री अभाव र अस्पतालको लापरबाहीले थापाको मृत्यु भएको जनाइएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश कार्यालयसमेत रहेको स्थानमा थोरै मात्र रहेका सङ्क्रमितहरूको पनि उपचार हुन नसक्नु र बिरामीलाई उपचार वा रिफर गरेर जीवनरक्षा गर्ने दायित्वबोध नगर्नु सामान्य कमजोरी मान्न सकिँदैन ।’ कोरोना विशेष भनिएको अस्थायी अस्पताल पर्याप्त साधनस्रोतविहीन हुनु, स्वास्थ्यकर्मीलाई सुरक्षा र मेडिकल सामग्रीहरू उपलब्ध नगराउनु र बिरामीहरूप्रति संवेदनहीन बन्नु राज्यको गैरजिम्मेवारी भएको बताउँदै इन्चार्ज सङ्गमले मृतक बाबुराम थापाको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

सङ्गमले कोरोना भाइरसको महामारीबाट सचेत रहन रूपन्देही जिल्लाबासीलाई हार्दिक आह्वान पनि गरेका छन् । उनले कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्ध पूर्वसमाजवादी चीन, क्युबा, भियतनामलगायत देशहरूले प्रतिरोध अभियानमा अग्रपङ्क्तिमा रहेर निर्वाह गरेको भूमिकाले समाजवादी विचारको विजयलाई सङ्केत गरेको बताउँदै नेपालमा भने केपी वली नेतृत्वको सामाजिक दलाल सरकार भ्रष्टाचार र दलालीकरणमा मैमत्त भएको दाबी पनि गरेका छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :