जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमालाई पितृशोक, महासचिव विप्लवद्वारा समवेदना व्यक्त


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालकी अध्यक्ष खुमा सुवेदीलाई पितृशोक परेको छ । सुनील स्मृति गाउँपालिका वडानं. ६ गजुल, पानीपोखरा रोल्पा निवासी खुमाका बुबा भक्तिराम सुवेदीको ७६ वर्षको उमेरमा आज बुधबार बिहान २ बजे रोल्पास्थित निवासमै निधन भएको हो । नेकपाका महासचिव विप्लवले बुधबारै श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै भक्तिराम सुवेदीप्रति श्रद्धाञ्जली र खुमा सुवेदीलगायत शोकसन्तप्त सुवेदी परिवारमा हार्दिक समवेदना प्रकेट गरेका छन् ।

महासचिव विप्लवको समवेदना वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालकी अध्यक्ष कमरेड खुमा सुवेदीका बुबा साबिक गजुल गाविस– ४ पानीपोखरा, हाल सुनील स्मृति गाउँपालिका वडानं. ६ गजुल, पानीपोखरा रोल्पा निवासी भक्तिराम सुवेदीको ७६ वर्षको उमेरमा चैत १९ गते बुधबार बिहान २ बजे निवासमै निधन भएको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको छ । नेपाल कम्युनिस्ट पार्टी भक्तिराम सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र यो दुःख र शोकको घडीमा कमरेड खुमा सुवेदीलगायत शोकसन्तप्त सुवेदी परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

भक्तिराम सुवेदीका पत्नी, एक छोरी र दुई छोरा छन् । हार्दिक श्रद्धाञ्जली तथा समवेदनाको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :