आफ्ना नेता–कार्यकर्ता रिहा नगरे कडा संघर्षमा जाने नेकपाको चेतावनी

biplove-1काठमाडौं/असार १८ :  नेपाल कम्युनिस्ट पार्टी, लम्बिनी ब्युरो, इन्चार्ज, वीरजंगले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई असार २० गते भित्र रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिनु भएको छ ।  शनिबार अपरान्ह एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा बताउनु भएको हाे । उहाँले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा भनिएको छ । –‘संसदीय व्यवस्थालाई सत्ताको बलमा टिकाई राख्न प्रचण्ड–देउवा मण्डली हाम्रो पार्टीले गर्ने शान्तिपूर्ण कार्यक्रममा कथित चुनावको २ महिना अगाडि देखिनै पञ्चायती व्यवस्थालाइसमेत माथ गर्ने गरि गिरफ्तार, धरपकड, जेल र यातना दिदै आइरहेको छ । र हाल हाम्रोे ब्युरोमा ८ जना नेता तथा कार्यकर्ताहरुलाई हिरासतमा मुद्धा खेपिरहनु भएको छ । उहाँहरुलाई २०७४ असार २० गते भित्र रिहा गरिएन भने कडा संघर्षका कार्यक्रम अगाडि बढाउन हामी बाध्य हुनेछौं यसबाट हुने परिणामको जिम्मेवार देउवा–प्रचण्ड सरकार हुनेछ ।’

वक्तव्यसहित

19642280_723344894541399_7647805911263193367_n

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :