नेकपाले गर्यो आत्मसमर्पण गरेका प्रकाश खड्कालाई निष्कासन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले केपी वली सरकारसमक्ष आत्मसमर्पण गरेका पार्टीका जिल्ला सदस्य प्रकाश खड्कालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी करनले विज्ञप्ति जारी गरी पार्टीविरुद्ध गतिविधि गरेकाले आत्मसमर्पणपछि निलम्बनमा परेका खड्कालाई निष्कासन गरिएको जनाएका छन् ।

करनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला एकातिर विश्वभरिका अर्बौं जनता कोरोना महामारीको हमलाको आतङ्कदेखि आक्रान्त बनिरहेका छन् । विश्वको ध्यान कसरी महामारीविरुद्ध एकताबद्ध भई मुकाबिला गर्ने भन्नेतिर केन्द्रित रहेको छ भने अर्कोतिर नेपालमा सामाजिक दलाल फासिवादी राज्यद्वारा हाम्रो पार्टीमाथिको राजनीतिक प्रतिबन्ध कायम राखेको मात्र होइन, होम कोरेन्टाइनमा रहेका नेताकार्यकर्तालाई गिरफ्तार गरिरहेको अवस्थामा दलाल राज्यको जेलबाट कागज गरेर आत्मसमर्पण गरेपछि निलम्बनमा रहेका जिल्ला समिति सदस्य प्रकाश खड्का पार्टी र नेतृत्वप्रति असम्बन्धित माध्यम प्रयोग गरी असान्दर्भिक किसिमले पार्टीको साङ्गठनिक पद्धति तथा मूल्य–मान्यताविपरीत अनुशासनहीन तवरबाट पटकपटक सम्झाउँदा पनि सामाजिक सञ्जालमा जसरी आफ्ना असन्तुष्टि पोख्दै पार्टीलाई नै बदनाम र नेतृत्वको चरित्रहत्या गर्ने काम गरिरहेका छन्, यो कुरा पार्टीका निम्ति अक्षम्य हुन गएकाले निजलाई आजको मितिदेखि पार्टीको सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रकाश खड्काले उठाएका कतिपय विषय सही वा गलत जे भए पनि पार्टीको आन्तरिक छलफल र छानबिनको विषय बनाइनेछ । अलिकति पनि साङ्गठनिक मूल्यमान्यता, कमरेडली भावना र राजनीतिक संस्कारसमेत नभएका निज प्रकाश खड्काको भ्रममा नपर्न र यस्ता व्यक्तिलाई प्रोत्साहन नगर्नसमेत हाम्रो पार्टी सबैमा अपिल गर्न चाहन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :