नेकपाका गण्डक ब्युरो सदस्य पुन र सेढाई रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’ र विद्यार्थी नेता पर्वत सेढाई रिहा भएका छन् । माघ २८ गते बेलुका तनहुँको म्याग्दे गाउँपालिका, जामुनेबजारबाट गिरफ्तार गरिएका पुन र सेढाई चैत्र ११ गते मंगलबार रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय गोर्खाबाट उनीहरु साधारण तारेखमा रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :