दर्शन, ज्ञान र क्रान्तिकारी संघर्ष : चिरन पुन

chiran-punचिरन पुन

शुरुवात  
ज्ञान, दर्शन र क्रान्तिकारी संघर्षलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने, बुझ्ने र व्याख्या गर्नुका साथै संसारलाई बदल्ने प्रकृयामा सामेल हुनु सहि कम्युनिस्टहरुको आदर्श हो । माक्र्सवादी दर्शनलाई बुझ्नु भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई बुझ्नु हो । समाज विकासक्रमलाई बुझ्नु हो । द्वन्द्वात्मक भौतिकवादलाई मानव समाजमा लागु गर्नेनै ऐतिहासिक भौतिकवाद हो । माक्र्सको भौतिक खोजहरु मध्ये ऐतिहासिक भौतिकवाद पनि एक हो । द्वन्द्वात्मक भौतिकवादले सम्पूर्ण जगत्को अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानव समाज हो । ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न अन्य धेरै सामाजिक विज्ञानहरु छन् । त्यसमा एक; ईतिहास, दुई; राजनीति शास्त्र, तिन; अर्थशास्त्र, चार; न्याय शास्त्र, पाँच; भाषा शास्त्र आदी ।

ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशीलरुपमा हेर्दछ । मानव समाज निरन्तर परिवर्तन हुँदै जान्छ र भविष्यमा पनि परिवर्तन हुँदै जान्छ । ऐतिहासिक भौतिकवादले समाजमा हुने परिवर्तन समाजको भौतिक जीवनको परिस्थितिहरुमा हुने परिवर्तनबाट सुरु हुन्छ । ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोश्रो मान्दछ । समाज परिवर्तनको लागि ३ ओटा प्रश्नले मुख्य भुमिका खेलेको हुन्छ । एक; भौगोलिक अवस्था, दुई; जनसंख्या, तिन; उत्पादन प्रणाली । हामीले यो प्रकृयालाई बुझ्ने भनेको क्रान्तिलाई बुझ्नु हो । हामी कम्युनिस्ट दर्शन (माक्र्सवादी दर्शन) लाई आत्मसाथ गर्ने कम्युनिस्ट पार्टीका मान्छेहरु हौं । हामी सबै समाजलाई क्रान्तिकारी मान्छे बनाउन चाहन्छांै वा माक्र्सवादी दर्शनलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने मान्छे बनाउन चाहन्छौं ।

दार्शनिक पक्ष
संसारमा धेरै दार्शनिकहरु जन्मे । संसारको बारेमा धेरैले आ आफ्नो तरिकाले व्याख्या गरे । उनिहरुले संसारलाई बुझाउने कोशिष गरे । आफ्नो तर्फबाट तर्क वितर्क गरे । यसलाई हामीले दुई चरणमा हेर्न सक्नेछौं । पहिलो; प्राचिन युनान र रोम र दोश्रो; आधुनिक काल ।

पानीलाई मुख्य तत्व बताउने प्राचीन युनानका भौतिकवादी दार्शनिक (थेल्स, ६२४—५५० ई. पु), अनन्त र असिम विषयलाई मुलतत्व बताउने (एनेक्सिमेन्डर, ६१०—५४६ ई. पु.), बायुलाई मुलतत्व बताउने (एनेक्सिमिनिज ५५८—५२८ ई. पु.), संख्यालाई परम पदार्थ बताउने प्रशिद्ध गणितज्ञ (पाईथागोरस् ५८०—४७०), पदार्थहरुमा गति र विपरित तत्व हुन्छ भन्दै आगोलाई मुलतत्व बताउने र सर्वप्रथम द्वन्द्ववादी विचार राख्ने (हेराक्लिटस ५३५—४४७ ई. पु.), द्वन्द्वात्मक तर्क प्रणालीका जन्मदाता तथा मुल सत् हुन्छ र त्यो सत्, नित्य, शाश्वत्, अविभाज्य र अपरिवत्र्य हुन्छ भन्ने मान्यता राख्ने (जेनो फनिज ५७९—४८० ई. पु.), अणुलाई मुल तत्व बताउने (एम्पिडोक्लीज ४९५—४५३ ई. पु.), परमाणुलाई मुख्य तत्व बताउँदै तिनीहरुको संचालनमा बाह्य शक्तिको अनावश्यक हुन्छ भन्ने मान्यता राख्ने (ल्यूसिम्पस ४८० ई. पु), व्यक्तिगत स्वार्थलाई सर्वोच्च प्राथमिकता दिंदै, धर्म र पुरानो रीतिरिवाज र अन्धविस्वासको विरोध गर्ने (प्रोटोगरिस ४८१—४११ ई. पु.), गलत विचारको तर्कद्वारा उदाङ्गो पार्ने र जनतालाई भ्रम फैलाएको आरोपमा मृत्युदण्डको सजाय पाएका (सुकरात ७७०—४०० ई. पु.), संसारभन्दा बाहिर विचारको स्वतन्त्र अस्तित्व हुन्छ भन्दै वुद्धिगम्य ज्ञानमा जोड दिने बस्तुवादी आदर्शवादी प्राचिन युनानका महान दार्शनिक (प्लेटो ४२८—३४७ ई. पु.), ईश्वरलाई सृष्टिको आदि र अन्त्य बताउने (अरस्तु ३८४—३२१ ई. पु.), देवी देवतालाई मान्य, जीवनमा सुख प्राप्तिलाई सबैभन्दा जोड दिने र संसार प्राकृतिक नियम अनुसार चल्छ भन्ने (एपिक्युरस ३४२—२७० ई. पु.) हरु प्राचीन युनान र रोम कालका मुख्य दार्शनिकहरु मानिन्छन् । जसले समाजलाई आ–आफ्नै मान्यताबाट व्याख्या र तर्क गरे ।

दोश्रो; आधुनिक कालको समयमा पनि दार्शनिकहरु आफ्नै प्रकारले लागि परे । मध्ययुगिन धर्म, अन्धविश्वासआदिको आलोचना गर्दै भौतिकवादी दर्शनको स्थापना गर्ने (फ्रान्सिस वेकन १५६१—१५२६) जसलाई आगमन तर्कका पिता समेत मानिन्छ । प्रकृतिबारे भौतिकवादी मत प्रकट गर्ने र पदार्थभित्र गतिको अस्तित्वलाई स्वीकार गरे तर, उनले गतिको उत्पत्ति ईश्वरले गरेको हुन्छ भन्ने मत राख्ने दार्शनिक (रेजे डेमनर्त १५६९—१५५०), ईश्वरलाई मरमतत्व बताउँदै प्रकृतिको स्वतन्त्र अस्तित्व मान्ने (स्पिनोजा १५३२—१६७७), चिदणुलाई संसारको मुलतत्व बताउँदै, विभिन्न दर्शन, धर्म, भौतिकवाद र आदर्शवादलाई समन्वय गर्ने तर्क प्रस्तुत (लाई बनिज १५४५—१७१६) गरे । अनुभवलाई ज्ञानको साधन बताउने (जानलाक १६३२—१७०४) ले आत्मा, ईश्वर र जगत्लाई तिन तत्व माने उनलाई अनुभववादका पिता समेत मानिन्छ । ईसाई धर्म, रुढिवाद तथा परम्परागत अन्धविश्वासका कटु आलोचक रहेका (डेविड ह्युम १७७१—१७८९) उनले सन्देहवादको प्रतिवादन गरे ।

विचारलाई परम्तत्व मान्ने र त्यो तत्व द्वन्द्वात्मक प्रकारले प्रकृतिमा बदलिन्छ भन्ने तर्क राख्दै उनले द्वन्द्ववादको सिद्धान्तलाई व्यवस्थितरुप दिए (जर्ज विल्हेम फेडरिक हेगेल १७७०—१८३१), भौतिकवाद र द्वन्द्ववादको कट्टर विरोधी तथा निराशावाद र दुःखलाई सार्वभौम मान्ने दार्शनिक (आर्थर शोपेन हावर १७८८—१८६०) थिए । हेगेलको दर्शनको आदर्शवादी पक्षको आलोचना गर्दै, भौतिकवादी विचारको प्रतिवादन गर्ने दार्शनिक (फायरवाख १८०४—१८७२) हुन् । त्यसो गर्दा उनले हेगेलको द्वन्द्ववादको पनि विरोध गरे साथै उनले मानव जीवनमा धर्मको आवश्यकतामाथि जोड दिए । (कार्ल माक्र्स १८१८—१८८३) उनले (फ्रेडरिक एंगेल्स १८२०—१८९५) सँग मिलेर द्वन्द्वात्मक भौतिकवादको स्थापना गरे । इतिहास र समाज विकासको क्षेत्रमा समेत दर्शनको विकास गरेर ऐतिहासिक भौतिकवादको समेत प्रतिपादन गरे । माक्र्सवादी दर्शनको सबैभन्दा ठुलो विशेषता भनेको दर्शनलाई दर्शनसँग जोडेर त्यसको मुख्य कार्य भनेको विश्वको व्याख्या गर्नु मात्र नभएर त्यसलाई बदल्नु हो भन्ने कुराको व्याख्या गरे ।

कार्ल माक्र्सको पालापछि पनि (फ्रान्सिस हरवर्ट ब्रेडल १८४६—१९२४) उनले निरपेक्ष सत्यलाई सत्य बताए । निरपेक्षवादको तिब्र आलोचना गर्दै, संसारका वस्तुहरुको स्वतन्त्र अस्तित्व हुन्छ र उनले नव अथार्थवादको सिद्धान्तलाई विकसित गरे । नवप्रत्यक्षवादका प्रतिनिधी मानिने (बटनाई रसेल १८९२—१९७०) देखि एक बर्गद्वारा अर्को बर्गको उत्पीडन र बर्गीय प्रभुत्वलाई प्राकृतिक बताउने (बेर्गसा १८५९—१९४१) सम्मका दार्शनिकहरु क्रियाशिल रहे । तत् पश्चात् पनि कैयौं दार्शनिकहरुले आफ्नो तर्कहरु दिंदै आएका छन् । आजसम्मको यी दर्शनहरुको मुख्य आधारलाई हेर्ने हो भने माक्र्सवादी दर्शन नै श्रमजीवी, उत्पीडित जनताको सहि दर्शन हो । यसको गरिमा, ओज र सान्दर्भिकतालाई हामीले आत्मसाथ गर्नु पर्ने महत्व आज पनि त्यतिकै छ, जतिनै बेला रुसमा समाजवाद, युरोप तथा चीनमा जनवादी÷समाजवादी सत्ताको स्थापनाले विश्वका बहुसङ्ख्यक जनताहरुमा उत्साह पैदा गरेको थियो र आदर्शवादी तथा प्रतिक्रियावादी सत्ताका तानाशाहहरुमा ठुलो खैलाबैला मच्चाएको थियो । शासन÷सत्तामा जनता÷सर्वहारा वर्गको अधिनायकत्व संभव छ भन्नेकुरा विश्वसामु प्रस्ट्याएको थियो । त्यसैले माक्र्सवादी दर्शननै आजको विश्वको सर्वश्रेष्ठ दर्शन र बाटो हो भन्ने मान्यतामा हामी क्रान्तिकारीहरु कहिँ विचलित हुनु पर्दैन ।the-communist-manifesto-marx-karl-9780785826125

ज्ञानको सिद्धान्त
हामीले के गर्ने ? युद्ध वा क्रान्ति ? यसको फैसला कसरी हुन्छ ? के युद्ध र क्रान्ति एउटै विषय हो ? यसको ज्ञान कसरी प्राप्त गर्ने ? भन्ने विषयहरुलाई बहसको विषय बनाउनु पर्दछ । यसका भ्रमहरुलाई चिर्नुु पर्दछ । यसको फरकतालाई बुझ्न र बुझाउन सक्नु पर्दछ । त्यसको लागि हामीले ज्ञानको सिद्धान्तको केहि दार्शनिक पक्षलाई बुझ्न आवश्यक हुन्छ । दर्शनको धेरै भाग र पक्षहरु छन् । त्यसमध्ये एक हो, ज्ञानको सिद्धान्त । ज्ञान कसरी प्राप्त हुन्छ ? ज्ञानको श्रोत के हो ? हाम्रा प्राप्त ज्ञान कहाँसम्म सत्य हुन्छ ? प्राचीन कालदेखिनै यसबारेमा बेग्ला बेग्लै मतहरु रहँदै आएको छ । अनुभववाद, बुद्धिवाद, अज्ञयवाद, आदर्शवाद, भौतिकवादआदिले यो बारेमा बेग्ला बेग्लै धारणा बनाएको हुन्छ । हरेक दार्शनिकहरुले ज्ञान मीमांसाबारे आफ्नो विचार प्रकट गरेका छन् । मानव जातिको इतिहासमा अहिलेसम्म यस सम्वन्धी अनुभव र ज्ञानको विशाल खोज अनुसन्धान गरेर माक्र्सवादले ज्ञान सम्वन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण प्रतिवादन गरेको हो ।

ज्ञान प्राप्तिको विषयमा पदार्थको प्रश्नले विशेष महत्व राख्दछ । भौतिक पदार्थ के हो ? भौतिक संसार के हो ? बाह्य संसार के हो ? यो छ वा छैन ? यो सत्य हो वा होईन ? यो आजसम्मका दार्शनिकहरुको ज्ञान प्राप्तिको प्रमुख लडाई हो । धेरै दार्शनिकहरुले पदार्थको अस्तित्वलाई नै अस्वीकार गरेका छन् । चेतना पदार्थको स्वाभाविक गुण हो र प्राकृतिक विकासको उच्च विकसित परिणाम हो ।

ज्ञानको उद्देश्य के हो ? संसारलाई बुझ्नु, संसारको व्याख्या गर्नु । तर, माक्र्सवादले बुझ्नु र व्याख्या गर्नुलाई मात्र मुख्य ठान्दैन । यसलाई बदल्नुुसँग जोडेर हेर्दछ । ज्ञान कसरी प्राप्त हुन्छ त ? यसबारे संसारमा दुईओटा मतले विशेष महत्व राखेका छन् । प्रथम; ज्ञानको श्रोतलाई बाहिर देख्ने अनुभववाद । अनुभवलाई नै ज्ञानको भण्डार मान्ने दृष्टिकोण बेकन, वर्कले, ह्यूम आदिले राखे । दोश्रो; हाम्रो आत्मालाई मात्र ज्ञानको श्रोत मान्ने बुद्धिवाद । यसैको जगमा माक्र्सवादले ज्ञानको श्रोत पदार्थलाई मान्यो । विज्ञान, प्रविधि, टेक्नोलोजीको युगसम्म आईपुग्दा सम्म संसारमा यहि विषयमा चर्काचर्की छ । ज्ञानको आधार के हो ? पदार्थ वा चेतना ? भौतिक वस्तु वा पदार्थ या मन, चेतना ? माक्र्सवादले ज्ञान प्राप्तिको आधार पदार्थलाई मानेको छ । भौतिक बस्तु नै ज्ञान प्राप्तिका कच्चा पदार्थहरु हुन् ।

द्वन्द्वात्मक भौतिकवादले पदार्थ ९ःबततभच० गति ९ःयतष्यल० दिक ९क्उबअभ० काल ९त्ष्mभ० लाई अध्ययनको प्राथमिक विषयवस्तु बनाउँदछ । द्वन्द्वात्मक भौतिकवादले प्रकृति ९ल्बतगचभ० र ब्रम्हाण्ड ९ग्लष्खभचकभ० को अध्ययन गर्दछ । क. पदार्थ; पदार्थ भनेको ब्रम्हाण्डमा विद्यमान रहेको सम्पूर्ण भौतिक वस्तुलाई मानिन्छ । ख. पदार्थ उत्पत्ति र नास हुँदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । ग. पदार्थ गतिको अन्तरविरोधको उच्चतम रुप हो । त्यसैले ज्ञान प्राप्तिका आधार पनि यहि विषयलाई माक्र्सवादले मुख्य विषय मानेको छ ।

प्राप्त ज्ञान के का लागि ? बुझ्नु र व्याख्या गर्नु वा बुझ्ने, व्याख्या गर्ने सँगै बदल्ने ? हामी माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी, माओवादीहरुले बुझ्ने, व्याख्या गर्ने विषयसँगै बदल्ने कुरालाई महत्वका साथ हेर्दछौं । आजको कम्युनिस्ट आन्दोलन भित्र (क. मोहन विक्रमले नेतृत्व गरेको मसाल, प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, सिपी मैनालीले नेतृत्व गरेको माले, केपीले नेतृत्व गरेको एमाले, वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीले जो नामको अगाडि आफुलाई नेपाल कम्युनिस्ट पार्टी लेखेका छन्) उनिहरुमा ज्ञानको सिद्धान्त कहाँ लागु हुन्छ ? माक्र्सवाद कहाँ झल्कन्छ ? द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कहाँ जोडिन्छ आजको उदेक लाग्दो प्रश्न यहि हो, जो संसार बदल्ने कुरा छोडिसकेका छन् वा संसार बदल्न संभवै छैन वा राजनैतिक क्रान्ति समाप्त भैसक्यो वा परिस्थिति बनेको छैन वा बलप्रयोग संभवनै छैन जस्ता प्रश्नहरु भित्र माक्र्सवाद, मालेमावादको सम्वन्ध कहाँ जोडिएको छ ? द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादसँग उनिहरुले नेतृत्व गरेका पार्टीहरुको के नाता छ ? यी प्रश्नहरुको हल खोज्दै, नेपाल कम्युनिस्ट पार्टी माओवादीले क्रान्ति सम्पन्न गर्न खोजिरहेको छ ।

हामीले के गर्ने ? क्रान्ति । किनकी, क्रान्ति भनेको निश्चित दर्शन, सिद्धान्त, विचार, कार्यदिशा, नीति, रणनीति, कार्यनीति र क्रान्तिकारी पार्टीले संचालन गरेको हुन्छ । त्यसको लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय अनुकुल परिस्थिती, सक्षम नेतृत्वको आवश्यकता हुन्छ । माओले भन्नु भए जस्तै ३ जादुगरी हतियार पहिलो; क्रान्तिकारी पार्टी, दोश्रो; क्रान्तिकारी सेना र तेश्रो; क्रान्तिकारी संयुक्त मोर्चा (सत्ता) अनिवार्य हुन्छ । नयाँ जनवाद, समाजवाद र साम्यवादी लक्ष्य क्रान्तिको केन्द्रीय विषय बनेको हुन्छ । नेकपा माओवादीले युद्ध होईन, क्रान्ति गर्न खोजेको हो, क्रान्ति शान्तिका लागि गरिन्छ । अधिकारका लागि गरिन्छ । स्वाधिनताका लागि गरिन्छ । सम्पूर्ण खाले बन्धनबाट मुक्तिका लागि गरिन्छ । यो कुरालाई सबैले बुझ्न आवश्यक छ । यी विषयहरुलाई बहसको विषय बनाउनु पर्दछ । यसका भ्रमहरुलाई चिर्नुु पर्दछ । त्यसैले हाम्रा अगाडि आज मात्र दुईवटा बाटाहरु छन् । एक; आजको परिवेश र भौतिक जगतले र सृजना गरेका ज्ञान÷सीपलाई प्रयोग गरेर क्रान्तिकारी आधार तयार पार्न र क्रान्ति सम्पन्न गर्न लाग्नु, दोश्रो; आत्मसमर्पण, यथास्थितिवाद, नवसंशोधनवाद, जडसुत्रवादको चंगोलमा फस्दै प्रतिक्रान्तिकारी, आर्दशवादी र संसदवादी सत्तालाई मलजल गर्ने, उसैको तावेदारी गर्ने र बुर्जुवा सत्तामा कुर्सीको आयु लामो बनाउने खेलमा संलग्न हुन । आजको कम्युनिस्टहरु र क्रान्तिकारीहरुका लागि यहि दुई विषय आजका मुख्य र सान्दर्भिक छन् ।

माक्र्सवादी दर्शनकोे जगमा खडाभएका क्रान्तिहरु
विश्वका धेरै मुलुकहरुमा माक्र्सवादी दर्शन, नीति, सिद्धान्तका आधारमा क्रान्ति संचालन गरियो । कतिपय क्रान्तिहरु विजयसम्म पुग्न सकेन । सन् १८७१ मा पेरिस कम्युनको स्थापना भएको थियो । सन् १९१७ मा अक्टुवर क्रान्ति सम्पन्न भयो र सोभियत समाजवादी सत्ताको स्थापना ग¥यो जसको नेतृत्व रसिएन कम्युनिस्ट पार्टी वोल्सेवीकले गरेको थियो । ९च्यकब ीगहझदगचन० र ९प्बच िीष्भदपलभअजत० को नेतृत्वमा सन् १९१८ देखि १९१९ सम्म जर्मन क्रान्ति संचालन गरियो । त्यस्तै सन् १९१९ मा ९द्यभबि पग० को नेतृत्वमा ५ महिनासम्म हंगेरियन क्रान्ति गरियो । मंगोलियन जनक्रान्तिकारी पार्टीको नेतृत्वमा मंगोलियन क्रान्ति सन् १९२१ मा संचालन भयो । चीनी कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा दीर्घकालीन जनयुद्ध मार्फत् चीनी जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९४५ मा भियतनाममा अगस्ट क्रान्ति संचालन गरियो । ९प्ष्m क्ष् िक्गलन० को नेतृत्वमा रहेको ९ध्यचपभचक एबचतथ इा प्यचभब० ले सन् १९४८ मा ९म्झयअचबतष्अ एभयउभिक च्भउगदष्अि इा प्यचभ० को स्थापना भयो ।

त्यस्तै सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वेभाराको नेतृत्वमा ९ऋगदबल च्भखयगितष्यल० संचालन भयो । सन् १९६३ मा कंगो, सन् १९६९ मा फिलिपिन्स, सन् १९७९ देखि १९९० सम्म नाईजेरिया, पेरु कम्युनिस्ट पार्टी ९क्जष्लष्लन एबतज० सन् १९८०, नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि दीर्घकालीन जनयुद्ध संचालन गर्यो, त्यसले १० बर्षको समय लियो । सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा आजसम्म पनि लडिरहेको अवस्था छ । यस बीचमा पूर्वी युरोपका कैयौं देशहरुमा क्रान्ति संचालन तथा सम्पन्न भए । यसप्रकारका क्रान्ति आज हाम्रा लागि पेरणाप्रथ छन् । क्रान्तिका दौरान हासिल भए गरिएका सकरात्मक तथा नकरात्मक शिक्षाहरु हाम्रा अगाडिबढ्ने आधारहरु बन्न सक्नेछन् ।

नेपालमा भएका विद्रोहहरु र सशस्त्र संघर्ष
तत्कालिन अवस्थामा सत्ताले जनतामाथि भए गरिएका दमन, उत्पीडनको विरुद्ध हाम्रो देशमा समेत कैयौं प्रकारका संगठित वा असङ्गठित विद्रोहहरु संचालन भएका छन् । यि विद्रोहहरु सशस्त्र प्रकारका थिए । कतिपय कम्युनिस्ट दर्शनमा आधारित थिए भने, कतिपय थिएनन् । तर, सबै विद्रोहहरुमा हतियार वा बलप्रयोग वा सशस्त्रतामा आधारित विद्रोह थियो । जुनकुरा आज हाम्रो लागि पनि पेरणादायी बन्न सक्नेछन् । राणा शासन विरुद्ध वि.सं १९३३ तिर लखन थापा सहितले विद्रोह शुरु गरे । केही समय पश्चात् नै राणा प्रधानमन्त्री जंगबहादुर राणाद्वारा लखन थापा सहित ६ जना युवाहरुलाई गोर्खा मनकामनामा रुखमा झुण्ड्याएर हत्या गरियो । वि.सं. १९८० को दशकको अनत्य तिर प्रचण्ड गोर्खाले ९० को दशकमा नेपाल प्रजापरिषद्को नाममा राणा सासन विरुद्ध सशस्त्र र निशस्त्र आन्दोलन गरे । प्रचण्ड गोरखाका सदस्यहरुले वि.सं. १९८८ मा भीम शमसेर माथि बम प्रहार गरे । उक्त संघर्षको दौरानमा ४ जनाको हत्या गरियो ।

वि.सं. १९९९ मा भारतमा आन्दोलन गरिरहेका जय प्रकाश नारायण र राममनोहर लोहियालाई राणाहरुले गिरफ्तार गरेर सिराहा जिल्लाको हनुमान नगरको जेलमा राखेको अवस्थामा नेपाली युवाले जेलमा सशस्त्र आक्रमण गरी नारायण र लोहियालाई छुटाएर भारत पठाइदिने काम भयो । वि.सं. २००४ सालमा स्थापना भएको नेपाली काँग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासन विरुद्ध सशस्त्र संघर्ष शुरु गरेको थियो । त्यो बेला तत्कालीन सरकारले दर्जनौंको हत्या गर्यो । तर २००७ सालमा राणा, काँग्रेस र भारतको त्रीपक्षीय संझौतामा सशस्त्र युद्ध तुहियो । वि.सं. २००८ सालमा सामन्तवाद र विस्तारवाद विरुद्ध सुदूर पश्चिममा किसान नेता भिमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो, कि छोड थलो, नत्र हुने छैन भलो” को नारामा सयौं युवाहरु सामेल भएका थिए । वि.सं. २००९ सालमा रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठान गरे तर राज्यले ठुलो दमन गर्यो र उनि मारिए ।

राजाको कु विरुद्ध नेपाली काँग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन शुरु गरे । सोही साल माघ ५ गते जनकपुरको रगभूमिमा राजाको गाडिमाथि बम प्रहार गरियो । सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फाँसी दिईयो । २००७ सालदेखि २०१७ सालसम्म संचालन भएको संघर्षको दौरानमा ८ जनाले ज्यान गुमाए । २०१८ माघमै काँगे्रसले भरतपुर कव्जा गर्यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि गरियो । यो दौरानमा ११९ जनाको ज्यान गएको थियो । २०१९ असौज १७ गते पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजा सहित ११ जना काँग्रेसी कार्यकर्तालाई शाही सेनाले गिरफ्तार गरी वित्थड लेकमा हत्या गरियो । नेपाली काँग्रेसले सशस्त्र संघर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१ जना कार्यकर्ता शाही सेनाको अपरेशनमा मारिएका थिए । गिरफ्तार परेका लडाकु टुकडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरियो । तर काँग्रेसले २०३३ सालमा राजासँग सहकार्य गर्ने मेलमिलापको नीति लिएपछि सशस्त्र संघर्षको नीति त्याग्यो ।hegel

२०२७ सालमा तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटि मातहात कार्यरत झापाका केही कम्युनिस्टहरुले त्यस कमिटिबाट अलग भई “झापा जिल्ला कमिटि नेकपा” को स्थापना गरे । अलग पार्टीको स्थापना पछि “वर्ग सत्रु खत्तम पार्ने” विद्रोह शुरु गरे । यो नै नेपालको योजनावद्ध र संगठित सशस्त्र संघर्ष थियो । त्यो दौरानमा २३ जनालाई राज्यले मार्यो । २०३० र ३१ सालमा झापामा पुन किसान संघर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुषा, सिन्धुलीमा पनि किसान संघर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो । त्यसबेला खडेरीले चितवनमा अनिकाल परेको थियो । जुगेडीमा धर्मे र घोडे भन्ने दुई सामन्तले अन्न लुकाएर राखेका थिए । चेपाङ र गुरुङ जातिको बाहुल्य रहेको त्यो स्थानमा खानको लागि संघर्ष गर्नु बाहेक विकल्प नदेखेपछि २०३४ साल असार ६ गते किसानहरुले सुरक्षा दल बनाई ति सामन्तहरुको घर कव्जा गरे र अन्न बितरण गरियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए, २०३६ कै छिन्ताङ् दमनमा १५ जनाको हत्या गरियो भने सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केही युवाहरुले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले उनिहरुमाथि दमन गर्यो र श्रृषी देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए र अन्य जेलमा परे ।

२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा थबाङमा जनताले विद्रोह गरे र त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्कर काण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबार वरिपरी, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार गरियो । २०४२ साल चैत्रमा घोषणा भएको चुनाव असफल पार्नका लागि तत्कालिन नेकपा (मशाल) का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण ग¥यो । २०४६ सालको जन आन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमानउनु परेको थियो । २०५२ सालमा तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सुरु गरियो र त्यो १० बर्षसम्म चल्यो र १५ हजारभन्दा धेरै सहिद बने । कैयौं वेपत्ता भएका छन् । घाईते÷अपाङ्गको अवस्था आज पनि दयनीय छ । त्यसपछि पनि विभिन्न चरणमा संघर्षहरु संचालन गरिएका छन् मधेस आन्दोलन ०६२÷६३ को आन्दोलनमा पनि नेपालीहरु सहिद बन्ने क्रम रोकिएको छैन । यो क्रम नयाँ जनवाद, समाजवाद र साम्यवादसम्म पनि जारी रहने छ । बर्गहरुको अन्त्य नहँुदासम्म चलिरहने छ ।

संघर्षमा सशस्त्रताको प्रश्न
माथि उल्लेखित क्रान्ति र विद्रोहहरुका सन्दर्भहरुलाई हेर्दा कम्युनिस्टहरुले मात्र होईन, कम्युनिस्ट विचारलाई नमान्नेहरुले पनि हतियारको प्रयोगलाई प्राथमिकतामा राखेका छन् । सबैमा प्रायः हतियार वा बलप्रयोग वा सशस्त्रतामा आाधारित छन् । यसले के बुझाउँछ भने, हतियार विनाको संघर्ष वा आन्दोलन वा क्रान्ति संभव छैन । जब सत्ता ठुला दमन, नरसंहारमा उत्रन्छ, त्यसलाई रोक्न जनताले विभिन्न उपाय र बाटाहरु खोज्दछन् । त्यसको लागि क. माओले भनेजस्तै “हतियारको बलमा टिकेको सत्तालाई परास्त गर्न हतियारनै प्रयोग गर्नु पर्दछ” भन्ने मान्यता कम्युनिस्टका लागि मात्र होइन अन्य विचार राख्नेहरुले पनि प्रयोग गरेका स्पस्ट उदाहरणहरु माथिका तत्थ्यले प्रष्ट्याउँदछ ।

जब आफुलाई कम्युनिस्ट हुँ भन्नेहरुले नै बल प्रयोग वा सशस्त्र संघर्ष वा हतियार सहितको क्रान्तिलाई बेठिक ठान्छ, वा सिद्धान्तको मात्र कुरा गर्दै कहिल्यै त्यसको आवश्यकता र तयारीमा लाग्दैन वा परिस्थिती बनेको देख्दैन वा अहिले सकिँदैन भन्छ, यस्तो बेलामा प्रश्न उठ्छ अब उनिहरु कम्युनिस्ट हुन्छन् वा हुदैनन् ? उनिहरु क्रान्तिकारी बन्छन् वा बन्दैनन् ? आज यही प्रश्नले एमाले, माओवादी केन्द्रको त कुरै छोडौं, मसाल, क्रान्तिकारी माओवादी जस्ता कम्युनिस्ट भन्नेहरुलाई समेत गिज्जाइरहेको छ ।

नेकपा माओवादीले अर्को संविधान, अर्को सत्ता, अर्को सेना, अर्को क्रान्ति संङ्खघोष गरिसकेको छ । यो आवेग, आक्रोश र भावनाको मात्र कुरा होइन, आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीले निम्त्याएको अनिवार्य आवश्यकता हो । पार्टीले भनेको छ, पुरानो संविधान जनताको पक्षमा छैन, त्यसैले नयाँ संविधान, जनतामा आधारित संविधान । पुरानो सत्ताले जनतालाई सेवा सुविधा दिन सकिरहेको छैन, त्यसैले नयाँ जनताको सत्ता । यो त आजको अनिवार्य आवश्यकता हो । यसले जनतामा उत्साह पैदा गरेको छ । फेरी जनतामा विश्वास जगाएको छ । अहिले माओवादीले धेरै हतियारको कुरा गरेको छैन बरु जनताको अधिकारको मात्र विषय उठाएको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, कमिसनखोर, वैदेशिक हस्तक्षेप र दलाल पँुजिवादले जनतालाई पारेको असरको मात्र कुरा गरेको छ । फेरी हेक्का राख्नु पर्ने अर्को सन्दर्भ के हो भने आफुलाई अन्याय पर्दा संसारमा कोहि पनि हातमा दही जमाएर नबस्ने रहेछ, मुखमा चुकुल ठोकेर पनि नबस्ने रहेछ, यहि कुरा माथिको सन्दर्भहरुले समेत स्पस्ट पारेको छ ।dialectic

अन्त्यमा
“ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरी अभ्यासमानै फर्कनु पर्दछ । वैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फ फड्कोमा प्रकट हुनैपर्छ र यो झन बढ्ता महत्वपूर्ण छ” “सहि विचार कहाँबाट आँउछ,” “मे १९६३ क. माओ” ।

माक्र्सवादी दर्शन, मालेमावादी सिद्धान्त, एकीकृत जनक्रान्तिको कार्यदिशा हाम्रा लागि अघिबढ्ने बैचारिक आधारहरु हुन् । खरानीबाट माथी उठेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने हुटहुटी सहित पुर्नगठित भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी क्रान्तिको नेतृत्व गर्ने सक्षम पार्टी हसिलो मुहार सहित जनतासामु उपस्थित भैसकेको छ । क्रान्तिका लागि क्रान्तिकारी पार्टी सक्षम नेतृत्वको आवश्यकता रहन्छ त्यसको पूर्णता गरिसकिएको छ । नयाँ पार्टी, नयाँ कार्यदिशा, नयाँ कार्यनीति, नयाँ एकीकृत जनक्रान्तिको कार्यदिशा, नयाँ नेतृत्व र नयाँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितीको वस्तुनिष्ट विश्लेषण सहित नेकपा माओवादी उपस्थित भएको छ । सहि ज्ञान, दर्शन र क्रान्तिकारी संघर्षलाई नयाँ उचाईबाट उठाउँदै एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :