माओवादीले मारिदिए १७ जना भारतीय सुरक्षाकर्मी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसँगको भिडन्तमा भारतीय सुरक्षाफौजका १७ जना मारिएका छन् ।
भारतको छत्तीसगढ राज्यको सुक्मा जिल्लास्थित चिन्तागुफाको राजगुडा पहाडमा २१ मार्चमा माओवादी छापामार र सुरक्षाकर्मीबीच भिडन्त हुँदा १७ सुरक्षाकर्मी मारिनुका साथै १५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
माओवादीविरुद्ध अपरेसनमा हिँडेको जिल्ला रिजर्भ गार्ड, स्पेसल टास्क फोर्स, कोब्रा बटालियनसहितको संयुक्त कारबाही टोलीमा १५० जनाभन्दा बढी सरकारी सुरक्षाकर्मी रहेको जनाइएको छ । उक्त टोली दिउँसो बजे अपरेसनमा हिँडेको थियो ।
माओवादी एम्बुसमा परेपछि भएको भिडन्तमा हराएका १७ मध्ये ४ जना सम्पर्कमा आएको र बाँकी अन्यका बारेमा कुनै जानकारी नभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् २०१४ मा पनि त्यहाँ माओवादी सेनासितको भिडन्तमा १३ जना सरकारी फौज मारिएका थिए । यस्तै मार्चको दोस्रो सातामा माओवादी छापामारसितको भिडन्तमा तीनजना सरकारी फौज मारिएका थिए ।
स्मरणीय छ, भारतीय सत्ताविरुद्ध माओवादी आन्दोलन व्यापक बन्दै गएको छ । भारत सरकारले माओवादी आन्दोलन नै सरकारका लागि सबैभन्दा ठूलो चुनौती भएको स्वीकार गर्दै आएको छ ।
एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :