इटलीमा कोरोनाले भयानक रुप लिदै

काठमाडौँ : इटलीमा महामारीकोरुप लिएको कोरोनाभाइरसको कारण एकैदिनमा ४७५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण इटलीमा ज्यान गुमाउनेको संख्या ३ हजार पुगेको छ । इटली सहित विश्वभरी नै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ । सरकारले कडा प्रतिबन्ध लगाए पनि इटलीमा महामारी फैलीने र मृत्युहुनेको संख्या निकै बढिरहेको छ । त्यँहा सरकारी नियमभन्दा बाहिर बस्नेलाई पक्राउ गर्ने र जेल हाल्ने सम्म गरिएको छ । तर मानिसहरु सरकारी प्रतिबन्धलाई बेवास्ता गरिरहेको बिबिसीले जनाएको छ । चिनको बुहानबाट शुरु भएको यो महामारीले चिनमा मात्रै ३२ सय बढीले ज्यान गुमाएका छन् । तर पछिल्लो समाचार अनुसार चिनमा कोरोना भाइरसका १ जना संक्रमीत मात्र फेला परेका छन भने त्यहा ६८ हजार जति उपचार पछि निको भएर घर फर्किएका छन् । त्यँहाको जनजीवन विस्तारै सामान्य हुँदै गएको संचारमाध्यमहरुले जनाएका छन् । यसैबीच नेपालमा पनि कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सरकारले अनावश्यक काममाबाहेक बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । कोरोना प्रभावित देशबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ र २५ जना भन्दा बढि भेला नहुन भनेको छ । तर भारतसँगको खुला सिमा पुर्ण रुपले बन्द नगरेको कारण मानिसमा कोरोनाको त्रास व्याप्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :