सबैखाले संकट समाधानको लागि क्रान्तिकारीहरु एकजुट हुन आवश्यक : किरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव किरणले क्रान्तिका सामु राजनीतिक, आर्थिक, साँस्कृतिक सबैखाले संकट रहेको भन्दै संकटको समाधान गरेर अगाडि बढ्नका निम्ति छरिएर रहेका सबै क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुनुपर्ने बताएका छन् । जनयुद्धको मुल नेतृत्वमा आएको विचलनका कारण चुनुवाङबाट माओवादी आन्दोलन चिप्लिएको भन्दै दशवर्षको जनयुद्धमा जनयोद्धाहरुले त्याग, तपस्या र बलिदानको अद्वितीय कीर्तिमान कायम गरेको भन्दै किरणले महान सहिदहरुको बलिदान खेर जान दिन नहुने बताएका छन् । बुधबार काठमाडौँमा २२ औँ साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोजीत कार्यक्रममा बोल्दै सौन्दर्यशास्त्री  किरणले क्रान्तिको नयाँ कार्यभार पुरा गर्नका लागि युवाहरुले अध्ययनलाई बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :