कोरोना प्रकोप एक महिना विद्यालय बन्द, विदेशबाट पनि आउन नपाईने

काठमाडौँ : सरकारले कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका  इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । शुक्रबारबाट लागु हुने यो प्रतिबन्ध १५ अप्रिलसम्म कायम रहनेछ ।
 यसैबीच कोरोनाको प्रकोपबाट बच्न भन्दै सरकारले १ महिनाको लागि विद्यालय बन्द गरेको छ। बुधबारबाट प्रायः सबै विद्यालयहरुले विद्यालय बन्दको सुचना अभिभावकलाई पठाईसकेका छन् ।
यस्तै सरकारले सिनेमा हल, खेलस्थल, जिमखाना, डान्सबार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मका लागि बन्द गर्ने निर्ण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :