कोरोना महामारीको फाइदा उठाएर कालोबजारी गर्नेहरूको बिगबिगी

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमण र महामारी बढेसँगै नेपाली बजारमा अत्यावश्यक वस्तुहरूको आयात–निर्यातमा कुनै असर नपरे पनि कालोबजारी गर्नेहरूको बिगबिगी भने निकै बढेको छ । कोरोना भाइरस महामारीले मानिसहरूमा त्रास बढिरहेको अवस्थाको फाइदा उठाउँदै नेपालमा कालोबजारियाहरू निकै मौलाएका छन् ।

चीनमा कोरोना भाइरस महामारी उच्च बिन्दुमा पुगेको बेला नै नेपालका बजारहरूमा सर्जिकल मास्कको अभाव थियो । यसअघि नै बजारमा कृत्रिम अभाव उत्पन्न गरी लुकाइएका १० लाख मास्क प्रहरीले बरामद गरेको छ र मास्क लुकाउने व्यापारीलाई पक्राउ गरेको छ । बरामद गरिएका मास्क सरकार आफैँले बेच्ने भएको छ । सरकारले सबै प्रकारका उपभोग्य वस्तुहरूको आयात सहज रूपमा भैरहेको र कुनै अभाव नभएको बताइरहँदा पनि बजारमा बिचौलियाहरूले कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तलाई ठगिरहेका छन् तर देशव्यापी मच्चिएको लूट नियन्त्रण गर्न सकेको छैन । पेट्रोल पम्पदेखि ग्याँस डिलरसम्म बन्द गरिएको छ । बजारमा कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तालाई महँगोमा सामान बेच्नका लागि कालोबजारियाहरू सक्रिय रहेको खुद्रा पसलेहरूले नै बताएका छन् ।

बजारमा खाना पकाउने ग्याँसको अभाव  देखिएको छ भने ब्यापारीहरुले पनि ग्यास नपाईने भन्दै महंगोमा बेच्न थालेका छन् । तर पनि पछिल्लो चार दिनमा पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । एउटा मात्र ग्यास बुलेटले आठ हजार ५ सय सिलिण्डर भर्न पुग्छ । यो हिसाबले चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट मात्रै करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ । वीरगञ्जबाट दुई दिनमा २ सय १० बुलेट, विराटनगर भन्सारबाट चार दिनमा ६६ बुलेट, भैरहवा भन्सार भन्सार कार्यालय भएर तीन दिनमा १ यस ५३ बुलेट, नेपालगञ्ज भन्सार भएर तीन दिनमा ३० बुलेट र काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ । तर बजारमा ग्यासको अभाव देखिनुको पछाडी कालो बजारीयाहरूको बिगबिगी भएकोले  गलत हल्लाको पछाडी नलाग्न आयल निगमले उपभोक्तालाई अनुरोध गरेकोछ । आम उपभोक्तालाई मर्कामा पार्ने गरी कालोबजारी गर्नेहरुलाई पक्राउ गरी कार्वाही गर्न सरकारले तदारुपता देखाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :