पठ्यक्रमबाहिरबाट प्रश्न सोधिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

पुनः परीक्षा नलिइए सङ्घर्ष चर्काउने अखिल क्रान्तिकारी र नेविसङ्घको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी र नेविसङ्घले सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको Bsc Ag प्रथम सेमेस्टरको Fundamental Of Agronomy विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै चैत २ गतेको सम्पूर्ण विद्यार्थी परीक्षा बहिष्कार गरेको र उक्त विषयको पुनः परीक्षा नगरिए सङ्घर्ष चर्काउने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका सेती–महाकाली संयोजक वीरेन्द्र शाह र नेपाल विद्यार्थी सङ्घका निमित्त केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

शाह र कलौनीले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिम क्षेत्रको शैक्षिक धरोहरका रूपमा रहेको यस सुदूरपश्चिम विश्वविद्यालयको हकहित र शैक्षिक सुधारका लागि हामी सदैव अग्रसर र सङ्घर्षरत रहेको कुरा सबैमा सर्वविदितै छ । कैलालीको टीकापुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको Bsc Ag प्रथम सेमेस्टरको Fundamental Of Agronomy विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको हुँदा मिति ०७६–१२–०२ गते हुने भनिएको परीक्षा सम्पूर्ण विद्यार्थीहरूद्वारा बहिष्कार गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयद्वारा गरिएको लापरबाही र कमजोरीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कमजोरी र लापरबाहीको कडा निन्दा र भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘परीक्षा नियन्त्रण कार्यालयबाट पटकपटक विद्यार्थीहरूको भविष्यसँग खेलबाड हुने विभिन्न कमजोरी हुँदै आएका छन् । यस्ता कमजोरी सच्याउन सचेत गराउँछौँ । उक्त परीक्षा स्थगित गरी अर्को मितिमा विद्यार्थीहरूलाई परीक्षा दिने वातावरण मिलाउन आग्रह गर्दछौँ । आउँदा दिनहरूमा यस्ता कमीकमजोरीहरू दोहोरिए सशक्त सङ्घर्ष गर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :