कोरोना संक्रमित चिनमा घट्दै युरोपमा बढ्दै

काठमाडौँ : चिनमा बिस्तारै नियन्त्रणतर्फ आएको कोरोना (कोभीट–१९)भाइरस यूरोपेली मुलुकहरु इटली, इरानका साथै दक्षिण कोरीयामा तिब्ररुपमा फैलीरहेको छ । विश्वभरी नै महामारीको रुप लिएको कोरोना संक्रमणका कारण विश्वका करिब ५ हजार ८ सय ३३ को मृत्यु भएको छ भने १ लाख ५६ हजार, ३ सय ६७ मानिस संक्रमीत भएका छन । बिबिसीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरस चिनमा मात्रै ८० हजार ९ सय ९५ मा संक्रमण भएको थियो भने ३ हजार २ सय ३ जनाको ज्यान गएको थियो । इटलीमा २१ हजार १ सय ५७ पुगेका छन भने त्यँहा अहिलेसम्म १४ सय ४१ जनाको मृत्यु भएको छ । यस्तै इरानमा १२ हजार ७ सय ५७ जना संक्रमीत छन् भने ६ सय ११ जनाको ज्यान गएको छ । उता दक्षिण कोरीयामा ८ हजार ८६ जना संक्रमीत रहेकोमा ७२ जनाको ज्यान गएको छ । यसपछि ६ हजार ३ सय ९१ संक्रमीत भएको स्पेनमा १ सय १६ जनाको ज्यान गएको छ । यस्तै फ्रान्समा ९१ जना, टीम यूएसएमा ५७ जना, जापानमा २२ जना, संयुक्त अधिराज्यमा २१ जना र स्वीजरल्यान्डमा १३ जनाको ज्यान गएको छ । यी बाहेक अन्य मुलुकहरुमा पनि केही मानिसको ज्यान गएको छ ।

चिनको बुहानबाट शूरु भएको भनिएको कोरोना भाइरस बिस्तारै चिनमा नियन्त्रणमा आईरहेको र त्यँहा संक्रमीत भएका मध्ये धेरै जसो निको भएर घर फर्किएका छन् । हाल १० हजार मानिस मात्र अस्पतालमा उपचाई गराईरहेका र बाँकी उपचारपछि घर फिर्ता भैसकेको चिनीया संचार माध्यमहरुले जनाएका छन् । यो हिसाबले अहिले चिनमा भन्दा बढि कोरोना संक्रमित इटालीमा छन् । इटालीमा अहिले २१ हजार कोरोना संक्रमीतका बिरामी छन् । बिश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाको केन्द्र पनि यूरोप भएको बताउदै कोरोनाविरुद्धको युद्धमा सफलतापूर्वक विजयी बन्न सबैलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :